लकडाउनका बेला स्व–अध्ययनका ६ तरीका

  प्रकाशित मिति
२८ जेष्ठ २०७७, बुधबार १७:१६


कोरोना भाइरस सङ्क्रमण रोक्नका लागि लगाइएको लकडाउनका कारण देशमा सबै विद्यालय तथा क्याम्पसहरु करिब ८० दिनदेखि बन्द अवस्थामा छन् । जसले गर्दा विद्यालय, कलेज खुल्ने अझै पनि टुङ्गो नलागेको अवस्थामा घरमै बसी कसरी स्व–अध्ययन गर्ने भन्ने विषय विद्यार्थी भाइबहिनीहरुका लागि चुनौतीपूर्ण छ ।

एकातिर परीक्षाको तयारी गर्नु पर्ने चुनौती भएका कारण हामीले अहिलेको समयमा धेरै सकारात्मक हुन जरुरी छ र यो समयलाई सहि उपयोग गरिनु पर्दछ । घरमै बसी स्व–अध्ययन गर्नका लागि कसरी आफ्नो पढाइमा ध्यान केन्द्रित गर्न सकिन्छ भन्ने बिषयमा यी कुराहरु तपाईहरुलाई उपयोगी हुन सक्दछन् ।

१. आफुलाई चाहिने सामग्री सङ्कलन गर्ने :
आफुलाई चाहिने सम्पूर्ण साधन र सामग्रीहरु जो पढाई र परीक्षाको तयारीका लागि उपयोगी हुन्छन्, ती बस्तुहरु सङ्कलन गर्नु पर्दछ । विभिन्न किताबहरु, नोटबुक, पुराना कार्यहरु, हेन्ड्सआउट्स, पुरानो परीक्षाको प्रश्नोत्तर इत्यादि उपयोगी हुन सक्दछन् ।

२. सहि स्थान चयन गर्ने :
हो–हल्ला र मानिसहरु आवतजावत गर्न कम हुने वातावरणमा प्रभावकारी रुपमा अध्ययन गर्न सकिन्छ र राम्रो सोच्ने क्षमताको बिकास हुन्छ । ठाउँ परिवर्तन गर्दै अध्ययन गर्नाले पनि आफुले पढेका कुरा सम्झने शक्तिको विकास हुन्छ । अतः एकै ठाउँ घन्टौंसम्म बसेर पढ्नुभन्दा स्थान परिवर्तन गर्दै उपयुक्त ठाउँ छानेर आफ्नो अध्ययन पूरा गर्न सकिन्छ ।

३. अध्ययनको योजना बनाउने :
अध्ययनको प्रभावकारी र सुहाउँदो योजना तयार पार्नाले पछि आउने परीक्षाहरुमा धेरै मद्दत मिल्दछ । योजना बनाउँदा आफुलाई चाहिने सामग्री, पढ्ने स्थान, उचित समय आदिको ख्याल राखिनु पर्दछ । यसले पछि परीक्षाको समयमा हामीलाई आउन सक्ने तनावलाई घटाएर हाम्रो उत्पादकत्व बढाउन मद्दत गर्दछ ।

सकेसम्म अहिलेको चालू कार्यका लागि समय तालिका बनाउने । यसले तपाईलाई कति समय पढ्नका लागि समय उपलब्ध छ भन्ने कुराको मार्गदर्शन गर्दछ ।

४. आफ्नो अध्ययन लक्ष्यलाई निर्धारण गर्ने :
के कति अध्ययन गर्नु पर्ने हो त्यसको लक्ष्य निर्धारण गरिनु आवश्यक हुन्छ । आफ्नो अध्ययनलाई सटिक शीर्षक र कार्य तोकेर आफ्नो अध्ययन तालिका बनाइनु पर्दछ ।

५. आफ्नो अध्ययन तालिकालाई जोड दिने :
अध्ययन तालिका तब प्रभावकारी हुन्छ जब हामी त्यसमा जोड दिई लागि पर्छौं । त्यसैले त्यो सत्यपरक र आफू सुहाउँदो हुनुपर्दछ । विभिन्न बाधा व्यवधानले गर्दा पनि अध्ययनको गतिलाई रोक्न सक्दछ । त्यसैले ती समयमा कसैसँग गफ नगर्ने, मोबाइलको प्रयोग नगर्ने, मन अन्यत्र नडुलाउने गर्नाले पनि अध्ययनले गतिशिलता लिन सक्दछ ।

६. विश्राम (ब्रेक) लिने :
धेरै लामो समयको अध्ययनले पनि हाम्रो ध्यान घटाउन सक्दछ । त्यसैले समय समयमा विश्राम लिन आवश्यक हुन्छ । हरेक ४० मिनेटमा कम्तिमा ५ मिनेटका लागि ब्रेक लिएर हुन्छ भने चिसो पानीले मुख धुन सकिन्छ ।

निन्द्रा र भोजनको सन्तुलनलाई पनि हामीले मिलाउनु पर्दछ । निन्द्रा र भोजन ठिक रहेमा अन्य कुरो पनि यथावत ठिक रहन्छ ।
आफ्नो किताबदेखि बाहेक पनि अन्य किताबहरु पढ्नुहोस्, समाचार हेर्ने बानी बसाल्नु होस्, जसले तपाईको ज्ञान क्षमतालाई वृद्धि गर्दछ र आफुलाई अपडेट राख्न मद्दत पुर्याउँदछ । कतिपय टपिक बुझ्न कठिनाई भएको खण्डमा मद्दतका लागि कतिपय अनलाईन प्ल्याट्फर्म जस्तै युट्युब, गुगल आदिको सहारा लिन सकिन्छ । सँधै सकारात्मक भै यो समयको सहि सदुपयोग गरौं ।

(लेखक इस्ट होराइजन मावि धुलावारीका शिक्षक हुन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: