लकडाउनमा खोला दोहन गर्ने पाँच ट्याक्टर नियन्त्रणमा

  प्रकाशित मिति
३ बैशाख २०७७, बुधबार १५:४२


शनिश्चरे । लकडाउनको मौका छोपी अर्जुनधारा क्षेत्रबाट नदीजन्य सामग्री ओसार्ने पाँच वटा ट्याक्टरलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ ।

लकडाउनको फाइदा उठाउँदै रातको समयमा बालुवा, गिटी ओसारिरहेको अवस्थामा अर्जुनधारा ४ दहिझोडास्थित नदी क्षेत्रबाट मंगलबार राति तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको हो । ना. ७ त ४८६८, मे. १ त ५८२९ र मे. १ त ६५३३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।

चार वटा ट्याक्टरमध्ये एउटा भागेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका तीनैवटा ट्याक्टर शनिश्चरे प्रहरी चौकीमा राखिएको अस्थायी ट्राफिक प्रहरी पोस्टका इन्चार्ज दिपेश पौडेलले जानकारी दिए ।

त्यस्तै, अर्जुनधारा ११ स्थित लक्ष्मी मावि नजिकैबाट थप दुई वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ ।

एउटा अन टेस्ट र को. २ त ७२८८ नम्बरको ट्याक्टरलाई प्रहरीले राति नियन्त्रणमा लिएको हो । अर्जुनधारा नगरपालिकाका कर्मचारी महेश निरौलाका अनुसार बालुवा ओसारिरहेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिइएको हो ।

दुवै ट्याक्टर नगरपालिका हाताभित्र राखिएको छ । शनिश्चरे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खगेन्द्र अधिकारी र नगरको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतको संयुक्त टोली अर्जुनधाराको बाहिर क्षेत्रबाट नगर प्रवेश गर्ने व्यक्तिको निगरानीमा खटिरहेको छ ।

कोरोना संक्रमण रोक्नका लागि संयुक्त टोली परिचालित भएको हो । यसैबीच, लकडाउन उल्लंघन गरी चलाइएको बा. ५ च ७८६१ नम्बरको कार पनि प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।

(साभार ः न्यूज सञ्जाल)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: