भद्रपुर । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सहादत प्राप्त गरेका सहिद राम थापाको मेची बहुमुखी क्याम्पस परिसरमा रहेको शालिकमा शुुुुुुुुुुुुुुक्रवार माल्यार्पणसहित भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको छ।
२०४६ साल चैत १४ गते पञ्चायतका समर्थकहरुले क्याम्पस परिसरमा आक्रमण गरी उनको क्रूरतापूर्वक हत्या गरेका थिए । उनहो सहादत पश्चात उर्लिएको जनान्दोलनले पञ्चायती व्यवस्था ढालेको थियो ।
कार्यक्रममा मेची बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख जीवन पोखरेल, सहप्राध्यापक चुडामणि बशिष्ठ, त्रिवि कर्मचारी संगठन केन्द्रीय सदस्य तथा कर्मचारी संघ क्याम्पस इकाइ समिति सचिव पुजन आचार्य, इकाइ सदस्य कान्दु राजवंशी, शाखा अधिकृत हेमराज प्रसाईं लगायतले सहिद थापाको शालिकमा फुलमाला अर्पण गरेका थिए ।
कोरोना भाइरसबाट बच्न सरकारले लकडाउन घोषणा गरेकाले यसपटक थापाको स्मृति दिवस विगतमा जस्तो मनाउन नपाइएको सहायक क्याम्पस प्रमुख पोखरेलले बताए ।