लकडाउनले आयुर्वेद स्वास्थ्य केन्द्रमा विरामी घटे

  प्रकाशित मिति
६ भाद्र २०७७, शनिबार १६:४४


रेवतिराज घिमिरे

भद्रपुर, ६ भदौ । लकडाउनका कारण विगत वर्षहरुमा भन्दा यसवर्ष आयुर्वेद स्वास्थ्य केन्द्रहरुमा उपचार गराउन आउने विरामीको संख्या घटन थालेको छ ।

यस आर्थिक बर्ष २०७६÷७७ को असार मसान्त सम्ममा झापाका विभिन्न स्थानहरुमा रहेका ७ वटा शाखासहित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढीबाट स्वास्थ्य सेवा लिनेहरुको संख्या ४७ हजार २ सय छ । जस मध्ये २२ हजार ४ सय ९८ जना पुरुष र २४ हजार ७ सय २ जना महिलाहरु छन् ।

गत आ.व. २०७५÷७६ को दाजोमा लगभग २ हजार ५ सय कमी हो । गत आ.व.मा २३ हजार ९ सय पुरुष र २५ हजार ७ सय ७६ जना महिला सहित ४९ हजार ७ सय १८ जनाले स्वास्थ्य सेवा लिएका थिए ।

यो संख्या अघिल्लो बर्षको दांजोमा केहि कमी भए पनि विगत वर्षहरुको दांजोमा भने यो बर्ष पनि सेवा लिनेहरुको संख्यामा भने बृद्धि भएको बैध निरीक्षक मनोजकुमार पण्डितले बताए ।

उनले अघिल्लो आर्थिक वर्ष २०७४÷७५ को असार मसान्त सम्ममा झापाका विभिन्न आयुर्वेद स्वास्थ्य केन्द्रहरुबाट ४१ हजार ४५ जनाले सेवा लिएको उनले बताए ।

गत आर्थिक वर्ष २०७५÷७६ को असार मसान्त सम्ममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढीवाट उपचार सेवा लिने पुरुष ५ हजार २ सय ५३ र महिला ५ हजार ७ सय ५३ जना छन् ।

यसैगरि यस आ.व.मा झापाका विभिन्न ७ वटा आयुर्वेद औषधालयहरुवाट पुरुष २२ हजार ४ सय ९८ र महिला २४ हजार ७ सय २ जनाले सेवा लिएको आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढीका बैध निरीक्षक पण्डितले बताए ।

३ बर्ष अघिबाट सुरु भएको विस्तारित सेवा अन्र्तगत पञ्चकर्म अन्र्तगत पर्ने, क्षारसुत्र, फिजियोथेरापी, अक्युपञ्चर लगायतका विभिन्न सेवाहरुवाट समेत सेवा प्रवाह हुने गरेको छ ।

प्रतिरोधात्मक तथा उपचारात्मक सेवा लगायतका स्वास्थ्य जीवन शैली प्रतिको ज्ञान आयुर्वेदवाट भरपर्दो हुने भएकोले पनि मानिसहरुमा आयुर्वेद प्रतिको जनविश्वास बढेको हुन सक्ने निरीक्षक पण्डितको भनाइ छ ।

उच्च रत्तपात, मधुमेह, दम, मुटु रोग, मिग्रौला लगायतका विभिन्न प्रकारका विमारीहरु आयुर्वेद स्वास्थ्य केन्द्रहरुमा आउने गरेको जनाएको छ ।

अव्यवस्थित विषादी युक्त खाद्यान्नको प्रभाव, मानसिक तनाव तथा दिनदिनै बढ्दै गईरहेको उच्च रक्तचाप लगाएतका विभिन्न कारणहरुले गर्दा मानिसहरुलाई रोगले च्याप्ने गरेको आयुर्वेदका चिकित्सकहरुको भनाइ छ ।

जिल्ला आयुर्वेद स्वास्थय केन्द्र भद्रपुर अन्र्तगत बाहुनडाँगी, बुधबारे, शनिश्चरे, दुधे, बैगुनधुरा, शरणामती र चकचकी सहितका ७ वटा आयुर्वेद संस्थाहरुबाट निःशुल्क स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: