लकडाउनले बेखर्ची ६४ जना घर फर्किए

  प्रकाशित मिति
२ बैशाख २०७७, मंगलवार ०९:१३


फोटो : पर्वत पोर्तेल/कान्तिपुर

मेचीनगर । काँकरभिट्टाको होटलहरुमा बेखर्ची भएका ६४ जना नेपालीलाई सोमबार उनीहरुको घर पठाइएको छ ।

दुईवटा बसमार्फत उनीहरुलाई घर पठाइएको हो । ३४ जना बोकेको एउटा बस काठमाडौं गएको छ भने ३६ जना बोकेको अर्को बस धनगढी पठाइएको छ ।

बस खोज्न स्थानीय सरकार र प्रशासनले मदत पुर्याएको थियो ।

सबै यात्रुको र्यापिड किटमार्फत कोरोना टेस्ट गर्दा नेगेटिभ रिपोर्ट आएको थियो ।

उनीहरु नुवाकोट, धादिङ, बाजुरा, बझाङ, जुम्ला, हुम्लाका हुन् । काँकरभिट्टाको होटलमा बसेका उनीहरु लकडाउन लम्बिएपछि बेखर्ची भएका थिए । केही दिनदेखि उनीहरुलाई होटल व्यवसायीहरुले खाना खुवाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: