लकडाउन उल्लंघन बढ्यो, प्रहरी–प्रशासन मौन

  प्रकाशित मिति
३१ बैशाख २०७७, बुधबार २१:५८


झापा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र गतिले बढिरहेको भन्दै सरकारले बन्दाबन्दी कडा गर्ने निर्देशन जारी गरे पनि चन्द्रगढी र भद्रपुरमा भीडभाड बढ्न थालेको पाइएको छ ।

बन्दाबन्दी कडा गरेर जनता बचाउँछु भन्ने ध्याउन्नमा सरकार लागेको भए पनि मातहतका निकायले निर्देशन पालना गर्न नसकेपछि झापाको सदरमुकाम चन्द्रगढी र भद्रपुरमा भीडभाड बढ्न थालेको हो ।

हरेक दिन बिहान ११ वजेसम्म चन्द्रगढी र भद्रपुरका अधिकांश चौक, बजार क्षेत्र र सडक किनारामा किनमेलको बाहनामा सामान्य अवस्थाको भन्दाबढी भीड बढ्ने गरेको भए पनि सडकमा खटाइएका प्रहरीले नियन्त्रण गर्न सकेका छैनन् ।

न्युनतम सुरक्षाको मापदण्ड समेत पालना नगरी अनावश्यक भीडले कोरोना संक्रमण त्रास बढाएको छ ।

हुन त बजार क्षेत्र तथा चौक–चौकका गल्लीमा प्रहरी परिचालन गरिएको देखिने गरेको छ । तर, पनि अनावश्यक भीड रोकिन सकेको छैन ।

यस विषयमा प्रहरी–प्रशासनको मौन सर्मथनले स्थानीयबासी चकित हुन थालेका छन् ।

चन्द्रगढी र भद्रपुरमा मात्र होइन झापाका अधिकांश ठाउँका चौक बजारमा लकडाउनको उल्लंघन गर्नेहरु दिनदिनै बढिरहेका छन् । तर, पनि प्रहरी–प्रशासनले खासै चासो नदिएको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: