झापा । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एकसाता थप गर्नुपर्ने राय दिएको छ ।
यद्यपि यसबारे आइतबार मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ ।
समितिले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको थियो ।
बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्प समेत आएको थियो ।
त्यसलगतै बसेको कार्यदलको बैठकले वैशाख १५ बाट एकसाता लकडाउन लम्ब्याउनु पर्ने राय दिएको छ । त्यसपछि अर्को मोडलमा जान सकिने बताइएको छ ।
समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरु बालुवाटार गएका थिए ।
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यदलको राय र बैठकमा आएका विकल्पहरुबारे ब्रिफिङ गरेका छन् ।