लकडाउन वैशाख १५ गतेसम्म

  प्रकाशित मिति
२ बैशाख २०७७, मंगलवार १५:२९


मेचीनगर, २ बैशाख। सरकारले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि १२ दिन थप गर्ने निर्णय गरेको हो। त्यस्तै वैशाख १८ गतेसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको हो। हवाइ उडान वैशाख १८ गतेसम्म नै बन्द रहनेछन्।

शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेसन गरेका थिए। मुख्यमन्त्रीहरुले पनि प्रधानमन्त्री ओलीलाई लकडाउनको समय थप गर्न सुझाव दिएका थिए।

छिमेकी राष्ट्र भारतले पनि आज लकडाउनको समय थप गरेर मे ३ सम्म पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: