झापा । लकडाउनको अवधि वैशाख २५ गतेसम्म लम्ब्याइएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले २५ गतेसम्मका लागि लकडाउन जारी राख्ने निर्णय गरेको हो ।
यसअघि तोकिएको वैशाख १५ सम्मको अवधि सकिन एक दिन बाँकी रहँदा लकडाउनको अवधि १० दिन थपिएको छ ।
यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो । पछि उक्त अवधि बढाएर चैत २५ हुँदै वैशाख ३ गतेसम्म पुर्याइएको थियो ।
वैशाख २ गते सरकारले १२ दिनका लागि लकडाउन थपेको थियो । हालसम्म नेपालमा ५२ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने १६ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।