लकडाउन १४ दिनसम्म थपिन सक्ने

  प्रकाशित मिति
१६ चैत्र २०७६, आईतवार १५:५६


मेचीनगर । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडानको समय थप्ने निर्णय गरेको छ।

आजै केहीबेर पछि बस्ने मन्त्रीपरिषद्को बैठकले यसको अन्तिम निर्णय लिने भएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो समितिको आइतबार बसेको बैठकलेले लकडाउन ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गर्दै यो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको हो।

आजै ४ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ भने मन्त्रिपरिषद्ले यसबारे आवश्यक निर्णय लिनेछ ।

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो ।

सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ ।

तर कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै समितिले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ ।
(रातो पाटी अनलाइनबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: