लक्षित बजेट माग गर्दै महिला समूहको वडालाई सचेत पत्र

  प्रकाशित मिति
१५ असार २०७५, शुक्रबार १६:४७


मेचीनगर । मेचीनगर वडा नम्बर–९ ले लक्षित बजेट नछुट्याएकोमा आपत्ति गर्दै एक दर्जन बढी महिला समूहले वडालाई शुक्रवार सचेत पत्र बुझाएका छन् ।

वडाले तयार पार्न लागेको बजेटमा लक्षित समुदायहरु महिला, दलित, अल्पसंख्यक, बालबालिका र सिमान्तकृतको क्षमता बृद्धिको लागि सरकारले छुट्याउँदै आएको बजेट कटौती गर्न लागेको भन्दै वडाध्यक्षलाई कार्यालयमा गएर महिलाहरुले सचेत पत्र बुझाएका हुन् ।

वडाध्यक्ष गोपाल खड्कालाई बुझाएको सचेत पत्रमा लक्षित बर्गको बजेट छुट्याउनै पर्ने कानुनी व्यवस्थालाई वेवास्त नगर्न माग गरिएको छ । संबैधानिक व्यवस्थालाई कुल्चेर मेचीनगर वडा नं.–९ ले आगामी आ.व.२०७५÷०७६ का लागि विनियोजित वजेटमा महिलालगायत लक्षित समुदायको बजेटलाई समावेश गर्न वडाको ध्यनाकर्षण गराइएको छ ।

समाज सुधार महिला समूहकी अध्यक्ष संगीता थापा, सञ्जीवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगी, नारी कल्याणकारी महिला समूहकी अध्यक्ष जानुका ओली, तारापुञ्ज छोरी बुहारी समूहकी अध्यक्ष सीता पोखरेल, एकल महिला सशक्तिकरण महिला समूहकी अध्यक्ष मिरा पोखरेल, महिला चेतना सञ्जालकी अध्यक्ष नमूना निरौला, उपभोक्ता महिला कृषि सहकारी संस्थाकी सचिव चन्द्रकला खवास, थोप्लेविरान महिला कृषि सहकारी संस्थाकी अध्यक्ष मञ्जु कट्टेल, उपाध्यक्ष मञ्जु पौडेल, आधा आकाश महिला समूहकी अध्यक्ष इन्दिरा कार्की, नमुना जाँगर टोल विकास संस्थाकी सचिव लक्ष्मी श्रेष्ठ, पारिजात टोल विकास संस्थाकी सचिव मञ्जु अधिकारीलगायतले हस्ताक्षर गरेको सचेत पत्र वडाध्यक्षलाई बुझाइएको छ ।

उनीहरुले आफ्नो मागलाई नजरअन्दाज गरी बजेट ल्याएमा त्यसबाट उत्पन्न सम्भावित घटनाहरुको जिम्मेवार अध्यक्ष र वडा कार्यालयले लिनुपर्ने समेत सचेत पत्रका उल्लेख गरेका छन् ।

वडा कार्यालयमा बुझाएको सचेत पत्रको बोदार्थ मेचीनगर नगरपालिका कार्यालयमा समेत बुझाइएको सञ्जीवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: