लक्ष्मीपुरमा एनएमसीको ४३ औं कार्यालय

  प्रकाशित मिति
१७ असार २०७८, बिहीबार १२:३३


कनकाई, १७ असार । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) र लक्ष्मीपुरको छहारी नेपाल कृषि सहकारी संस्थाबीच एकीकरण भएको छ ।
एनएमसीको ४३ औं शाखा कार्यालयको रुपमा स्थापित छहारी सेवा केन्द्र लक्ष्मीपुर शाखाको बुधबार एक कार्यक्रम गरी उद्घाटन गरिएको हो ।

कनकाई नगपालिका–८ का वडाध्यक्ष प्रेमबहादुर कट्वालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता छहारी नेपाल कृषि सहकारी संस्थाका अध्यक्ष युवराज चुँडालले गरेका थिए ।

कार्यक्रममा एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेती लगायतले मन्तव्य राखेका थिए ।

एनएमसीका प्रमुख कार्याकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले स्वागत र कार्यक्रमको सञ्चालन कनकाईका क्षेत्रिय कार्यालय प्रमुख प्रकाश सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज