लक्ष्मी चोकदेखि ज्यामीरगढी जोड्ने सडक बन्ने

  प्रकाशित मिति
१ असार २०७७, सोमबार १९:०१


।। रेवतिराज घिमिरे ।।

भद्रपुर, १ असार । भद्रपुर नगरपालिका वडा नम्बर ९ स्थित लक्ष्मी चोकदेखि मेथिवारी, अस्मिता चिया बगान हुँदै ज्यामीरगढी जोड्ने ३ किलोमिटर सडक खण्डको सोमवार एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उक्त सडकको शिलान्यास गर्दै गुणस्तरीय सडक निर्माण गर्नुपर्नेमा जोड दिँदै निर्माण कार्यमा सबैले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा समाजसेवी तथा उपभोक्ता समुहका अध्यक्ष शान्तिराम सापकोटाको प्रयासमा निर्माण कार्य सम्पन्न गर्न लागेको उक्त सडकको पहिलो चरणको कार्य यहि असार मसान्तसम्म सम्पन्न गरिसक्ने लक्ष्य रहेको जानकारी दिए ।

उनले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत सडक डिभिजन कार्यलय दमकको १० करोडको योजनामा आगामी ३ बर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

पहिलो चरणमा १ करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उक्त सडकको डे«नसहितको पक्कि सकड निर्माणको लागि अध्यक्ष सापकोटाको प्रयासमा विभागले यसै आर्थिक बर्षमा सो रकम विनियोजीत गरेको छ ।

सडक निर्माण पश्चात सो क्षेत्रका लगभग ५ हजार मानिसहरु लाभान्वित हुने स्थानीयहरुको भनाई छ । दोस्रो र तेस्रो चरणको निर्माण कार्य पहिलो चरणको सम्पन्न गर्ने वितिकै शुरु गर्ने योजना रहेको समेत बताइएको छ ।

कार्यवाहक वडा अध्यक्ष रामप्रसाद दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रमममा वडा सचिव अरुणा भट्टराई, सदस्य नुतन पौडेल, समाजसेवी परमानन्द मिश्र, लावण्यकुमार पोखरेल, गोपालप्रसाद श्रेष्ठ लगायतका स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: