लज्जास्पद सरकारी उर्दीको देउवाद्वारा विरोध

  प्रकाशित मिति
६ कार्तिक २०७७, बिहीबार १९:४६


झापा, ६ कार्तिक । सरकारले सबै नागरिकको कोरोना उपचार नगर्ने अचाहिँदो अडान व्यक्त गरेपछि चौतर्फी विरोध भइरहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज वक्तब्य जारी गर्दै नागरिकको निःशुल्क कोरोना उपचार नगर्ने सरकारको निर्णय लज्जास्पद भएको बताए । उनले निर्णय सच्याउन माग समेत गरेका छन् ।

सरकारले विपन्न, अशक्त, ज्येष्ठ नागरिक र फ्रन्टलाइनमा खटिएकाको बाहेक अरुको निःशुल्क कोरोना उपचार नगर्ने जनाएको थियो ।

यस्तो निर्णयले वत्र्तमान सरकार सम्बेदनहीन, गैरजिम्मेवार र अनुत्तरदायी भएको देउवाको विज्ञप्तिमा उल्लेख छ ।

यस अघि आफ्नै पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री माधव नेपालले समेत प्रधानमन्त्री केपी ओलीलाई यस्तो अचाहिँदो निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।

उपचार नगर्ने निर्णय जनस्तरमा समेत आलोचित बनेको छ । अस्पतालहरुले समेत सर्वसाधारणसँग धमाधम शुल्क लिएर कोरोनाको उपचार गर्न थालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: