लद्दाखमा फेरि भिडे चिनियाँ र भारतीय सेना

  प्रकाशित मिति
१५ भाद्र २०७७, सोमबार १७:३८


झापा, १५ भदौ । गत महिना हिंस्रक भिडन्त भएको भारत र चीनको उत्तरी सीमा लद्दाखमा फेरि सैन्य झडप भएको छ ।

बीबीसीले शनिवार र आइतवारको राति पुरानै भिडन्तस्थल पैनगोङ नजिक चिनियाँ र भारतीय सैनिक भिडेको जनाएको छ ।

भारतीय सेनाको हवाला दिदै बीबीसीले चिनियाँ सेनाले यथास्थिति बदल्ने प्रयास गरेपछि झडप भएको हो । झडपमा कुनै मानवीय क्षति भए नभएको जानकारी आएको छैन ।

गत महिना सोही स्थानमा झडप हुँदा भारतीय सेनाका जर्नेलसहित थुप्रै सैनिकको मृत्यु भएको थियो । चिनियाँ पक्षमा पनि हताहती भएको भारतीय दावी आए पनि त्यसको पुष्टि हुन सकेको थिएन ।

पछिल्लो घटनापछि दुबै देशका सैन्य कमाण्डरस्तरमा वार्ता भइरहेको जनाइएको छ ।

लद्दाखको सो क्षेत्रमा सीमा विवाद भएको हुँदा दुबै देशका सेना भारी मात्रामा तैनाथ गरिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: