लद्दाख भिडन्तमा ३ जना ‘नेपाली मूल’का सिपाही मारिएको आशंका

  प्रकाशित मिति
५ असार २०७७, शुक्रबार २०:०५


मेचीनगर, ५ असार । सोमवार राति लद्दाखको गलवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तमा ज्यान गुमाउने २० जनामा ३ जना नेपाली मूलको भएको आशंका गरिएको छ ।

मृतकहरुको ठेगाना र थरको आधारमा उक्त दावी गर्न सकिने भए पनि भिडन्तमा नेपाली मूलको र अन्य मूलको भनेर छुट्याउन सकिने आधिकारिक जानकारी भने अहिलेसम्म उपलब्ध छैन ।

लद्दाखको तनावग्रस्त गलवान क्षेत्रमा चिनियाँ सेनासँगको अप्रत्यासित भिडन्तमा भारतीय सेनाको विहार रेजिमेन्टका कर्णेलसहित २० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने ७६ जना घाइते छन् ।

मृतकहरुमा सिपाही कुन्दनकुमार ओझा र चन्द्राकान्त प्रधानको नाम सार्वजनिक भइसकेको छ भने अर्का एक जना सिपाही भोजपुरका चन्दन कुमार भएको बताइएको छ ।

भारतीय सेनामा नेपालीहरुले नेपाली नागरिकताकै आधारमा फौजीको जागिर खाने चलन छ भने नेपाली मूलका भारतीयहरु समेत फौजीमा जाने गरेका छन् ।

भारतमा गोर्खा रेजिमेन्ट र आसाम राइफल्समा नेपाली मूलका व्यक्तिहरु नै हुने गरेका छन् । तर ती बाहेकका अन्य रेजिमेन्टमा समेत नेपाली मूलका व्यक्तिले जागिर खाने गर्छन् ।

मृतक सिपाही कुन्दनकुमार ओझा र चन्द्राकान्त प्रधानको थरबाटै उनीहरु नेपाली मूलका भन्ने प्रष्ट हुन्छ । उनीहरु भारतीय नेपाली हुन् कि नेपाली नागरिक नै हुन् भन्ने स्पष्ट हुन सकेको छैन । भोजप्ुरको भनिएका चन्दन कुमार (सम्भवतः राई हुन्)का बारेमा पनि औपचारिक पहिचान सार्वजनिक भएको छैन ।

यसैबीच, गलवानमा भिडन्त भइसकेपछि गोेर्खा फौजीहरु लकडाउनकै बेला घरबिदा छोट्याएर कार्यक्षेत्रमा फर्किने क्रम बढेको छ ।

काँकरभिट्टा नाका भएर केही दिन यता सयौं गोर्खा सैनिकहरु भारततिर फर्केका छन् । एकै दिन ५५ जनासम्म गोर्खा सैनिकहरु भारततिर फर्किएको नाकामा तैनाथ प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: