लम्बियो लकडाउन, अब चाहिँ गारो हुनेभो

  प्रकाशित मिति
२४ बैशाख २०७७, बुधबार १३:५४


मेचीनगर, २४ वैशाख । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको छ । चैत ११ देखि नेपालमा लकडाउन सुरु भएको हो ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन बढाउनेनिर्णय गरेको हो ।

यसअघि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन जारी राख्न सरकारलाई सुझाव दिएको थियो ।

लकडाउन थप्दै लगे पनि कोरोना परीक्षण सुस्त भएको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।

डेढ महिनाको अवधिमा कोरोना संक्रमित ८२ जना पुगिसकेका छन् । झापामा २ जनामा कोरोना पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: