ललितपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

  प्रकाशित मिति
१४ जेष्ठ २०७७, बुधबार २३:०२


झापा । कोरोना भाइरसका कारण ललितपुर महानगरपालिकामा एक जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

ललितपुर–२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण बुधबार साँझ निधन भएको हो ।

बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.खगेश्वर गेलालले बताए ।

डा.गेलालका अनुसार ११ गते अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर, आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो ।

किस्ट अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार ती व्यक्तिलाई जेठ ११ गते राति अस्पताल ल्याइएको थियो ।

सोही राति आईसीयूमा राखिए पनि बिहान स्वास्थ्यमा समस्या आएपछि भेण्टिलेटरमा सारिएको थियो ।

‘भेण्टिलेटरमा सारेकै दिन उनको थ्रोट स्वाब प्रयोगशालामा पठाइएको थियो । तर, बुधबार दिउँसो ४ बजेर ५ मिनेटमा उहाँको डेथ भयो,’ किष्टमा कार्यरत एक चिकित्सकले भने ‘अहिले ८ बजे रिपोर्ट पोजेटिभ आयो ।’

ती चिकित्सकका अनुसार कोरोना संक्रमणबाट ज्यान गुमाएका ती व्यक्तिको शव अहिले शवगृहमा राखिएको छ ।
कोरोना भाइरसबाट नेपालमा पाँचौं व्यक्तिको मृत्यु भए पनि औपचारिक घोषणा गर्न भने बाँकी छ ।

(अनलाइन खवरबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: