लाइक कमेन्ट बढाउन आत्महत्यालाई मिडियाले उछालेको आरोप

  प्रकाशित मिति
७ श्रावण २०७७, बुधबार १६:५५


 

विर्तामोड, ७ साउन । मानसिक स्वास्थ्य विषयमा स्नातकोत्तर तहमा पढ्र्द गरेकी बिन्जु बरालले बढिरहेको आत्महत्याका लागि पीत पत्रकारिता समेत दोषी रहेको औल्याएकी छन् ।

उनले लाइक, कमेन्ट र सब्सक्राइब बढाउने गलत मनसायले आत्महत्याका घटनालाई अतिरञ्जित ढंगले सम्प्रेषण गरेर समाजमा त्रास फैल्याएको समेत दावी गरेकी छन् ।

क्रियटिभ नेप्लीज युथ नामक युवाहरुको संस्थाले बुधवार विर्तामोडमा आयोजना गरेको कार्यक्रममा विज्ञ वक्ताको बोल्दै मानसिक स्वास्थ्यकी परामर्शदाता बरालले आफ्नाको साथ गुमाएको अनुभूतिले मानिसहरु मानसिक तनावबाट गुज्रिने र त्यही कारणले आत्महत्या निम्तिने बताइन् ।

उनले मिडियाले आत्महत्याको घटनाहरुलाई बिकाउ समाचारको रुपमा अतिरञ्जित रुपमा प्रचार गरिदिनाले यसको न्यूनीकरणमा चुनौति थपिएको समेत जिकीर गरिन् ।

कार्यक्रममा क्रियटिभ नेप्लीज युथले आत्महत्याको न्यूनीकरणका लागि जनचेतनामूलक नाटक प्रस्तुत गरेको थियो ।

‘हेडलाइन’ शीर्षकको नाटकमा नेपाली मिडियामा लाइक, कमेन्ट र सब्सक्राइब बढाउन कसरी आत्महत्यालाई निर्मम ढंगले उचालपछार गरिन्छ भन्ने कुरा देखाइएको छ । नाटकको निर्देशन आविष्कार प्याकुरेलले गरेका छन् ।

कार्यक्रममा मानसिक तनावलाई रोक्न समुदायको अग्रसरता जरुरी भएको वक्ताहरुको साझा धारणा थियो । आत्महत्याका घटना बढ्दै गएकोमा उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

झापा जिल्ला प्रहरी कार्यालयले झापामा गत आर्थिक वर्षमा कूल २२३ वटा आत्महत्याका घटना भएको जनाएको छ । जसमा सबैभन्दा धेरै मेचीनगरमा ४० वटा र सबैभन्दा कम अर्जुनधारामा ४ वटा घटना भएका छन् ।

कार्यक्रममा बोल्दै प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बन्दाबन्दीमा धेरै त्यस्ता घटना हुनु चिन्ताको विषय भएको बताए । झापामा आव २०७५÷०७६ मा २८८ र आव २०७४÷०७५ मा २४७ वटा आत्महत्याका घटना भएका थिए ।

विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईले आत्महत्या न्यूनीकरणका लागि मिडियाको सकारात्मक भूमिकाको अपेक्षा गर्दै पीत पत्रकारिता नियन्त्रण गर्न स्वयम् पत्रकारिता जगतले प्रभावकारी कदम चाल्नु बताएकी छन् ।

नेप्लीज युथका अध्यक्ष रञ्जन धमलाको अध्यक्षतामा भएको कार्यक्रममा क्षितिज नाट्य मञ्चका अध्यक्ष माधव कल्पित लगायतले मन्तब्य क्यक्त गरेका थिए । सन्ध्या पौडेलले स्वागत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: