लाखौंं असुलेर चुडामणि बेपत्ता

  प्रकाशित मिति
२६ चैत्र २०७२, शुक्रबार ०५:१८


chithi

दमक । झापा लखनपुरका एकजना व्यापारीले गाउँलेको करिब रु ४० लाख ठगेर बेपत्ता भएका छन् । लखनपुर–१ मिलडाँडाको शान्तिपुर चोकमा बस्दै आएका चुडामणि भट्टराईले लाखौँ रुपैयाँ लिएर एक सातादेखि वेपत्ता भएका हुन् ।

भट्टराई भागेपछि पीडित बिलखबन्दमा परेका छन् । विसं २०५६ सालमा भारतको आसामबाट आएका उनी परिवारसहित गाउँमा किराना पसल र धान काँटाको व्यापार गर्दै आएका थिए । गाउँको मूल सडकमा व्यापार गरिबसेका भट्टराई एकाएक भागेपछि घटनाबाहिर आएको हो । भट्टराईबाट ठगिएका पीडितबाट सङ्कलन गरेको विवरणअनुसार उनले रु १६ लाख ९० हजार मोल बराबरको दुई हजार ११३ मन धान र विभिन्न ३० जना व्यक्तिबाट रु १९ लाख नगद लिएको खुल्न आएको छ ।

भट्टराईले गाउँकै अर्का व्यापारी ज्ञानेन्द्र दङ्गाल एक्लैबाट एक हजार ९८ मन धान लिएका थिए । उनी गाउँभरिका किसान र साना व्यापारीबाट धान किनेर ठूला व्यापारीलाई बेच्थे ।

सोझा गाउँलेबाट ब्याजमा भन्दै उनले धान र नगद लिएको खुलेको छ । उनले लखनपुरको दुग्ध सहकारी संस्थाको पासबुक लिएर भित्रिरुपमा वित्तीय कारोबार समेत गर्दै आएको बताइएको छ । पीडतले ठगिएको घटनाका बारेमा प्रहरीमा उजुरी गर्ने तयारी गरेका स्थानीयवासी केशव तिम्सिनाले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: