लागुऔषधमा किन बढ्दैछ आकर्षण ?

  प्रकाशित मिति
१० भाद्र २०७४, शनिबार १२:१०


gobinda-neupane

लागुऔषधले साधारण मानिसको सामान्य व्यवहारलाई असामान्य बनाउँछ भने दुव्र्यसनीको असामान्य व्यवहारलाई सामान्य बनाउँछ । लागुऔषध परनिर्भरतामा रहेका व्यक्ति बाहेकका अरु सामान्य मानिसका लागि लागुपदार्थ आवश्यकताको वस्तु नै होइन । यस्तो कामै नलाग्ने वस्तुप्रति युवाहरुको किन आकर्षण हुन्छ भन्ने जान्नु जरुरी छ ।

नेपालमा लागुऔषध प्रयोगको इतिहास हेर्ने हो भने लागुऔषधको उत्पत्ति प्राचीन हिन्दु परम्परामा सतिप्रथा पश्चात भएको पाइएको छ । जिउँदो श्रीमतीलाई मृत्यु भएको श्रीमान्सँगै जलाउँदा पीडा कम गर्न वा चिच्याउने आवाज कम गर्न त्यसवेला प्रयोग भएको भन्ने छ । हिन्दूधर्म ग्रन्थअनुसार भगवान र राक्षसको युद्धमा आ–आफ्ना वैधद्वारा सिपाहीलाई उत्तेजित पारी लडाइँ गर्न पठाउने र घाइते सिपाहीको पीडा कम गर्न प्रयोग गरिएको समेत उल्लेख गरिएको पाइन्छ । त्यस्तै, भगवान शिव लामो समयसम्म एकान्त बास बस्ने, ध्यान गर्ने, भोक÷तिर्खाबाट टाढा रहने जस्तो अवस्थामा गाँजा, भाङ, धतुरो प्रयोग गरेको भन्ने धार्मिक तथ्यहरु रहेका छन् । यसै भएर हुनसक्छ शिवरात्री मेलामा समेत साधु–सन्तलाई सरकारबाट गाँजाभाङ वितरण गरिने गरिएको थियो । हाल यो प्रथा बन्द गरिएको भनिएको छ ।

सन् १९५० को दशकयता पूर्व–अमेरिकी युवाहरुको उन्मुक्त जमात हिप्पीको उत्पत्ति भई स्वतस्फूर्त २४ सै घण्टा लागुऔषधमा लठ्ठिएर रमाउने समूहको चर्चा गरिन्छ । नेपालको सन्दर्भमा १९६० को दशकदेखि विदेशी पर्यटकहरुको प्रवेशसँगै नेपाली युवायुवतीहरुले समेत नक्कल गर्न लागुऔषध प्रयोग गर्न थालेको पाइन्छ ।

परम्परादेखि आधुनिकीकरणको समयसम्म पनि लागुपदार्थ कुनै न कुनै रुपमा प्रयोग भएको उपरोक्त घटनाहरुको विश्लेषणबाट थाहा पाउन सकिन्छ । खुल्ला सिमाना र विश्वव्यापीकरणको प्रभावबाट त केही मात्रामा प्रभाव पर्दछ । त्यसका अलावा सूचना सञ्चारमा कम पहुँच पुगेका, आयश्रोत पर्याप्त नभएका किशोर किशोरीहरुको समेत लागुऔषधमा आकर्षण हुनु शुभ सङ्केत हँुदै होइन ।

967af8c83b3a81d5f1fa3e96c75e0bcc_L

एक व्यक्तिले लागुपदार्थ सेवन गर्नका लागि गरिने खर्चले ४ जना सम्मको परिवारलाई सहज र स्तरीयरुपमा चलाउन सकिन्छ । एक व्यक्तिको दैनिक खर्च ५०० देखि ३००० सम्म रहेको प्रयोगकर्ता स्वयम् बताउँछन् । यो खर्च व्यवस्थापन गर्ने स्रोत सहज छैन ।

अत्याधिक आय भएको परिवारले समेत नियमित रुपमा आफ्ना सन्तानलाई यो खर्च दिन सक्दैनन् । एकातिर यो समस्या छ भने अर्कोतिर शरीर पूर्णरुपमा लागुऔषधप्रति परनिर्भर रहेको हुँदा कुनै हालतमा पनि उसले लागुपदार्थको सेवन गर्नैपर्ने हुन्छ । परिवार र आफन्तबाट रकम उपलब्ध भएसम्म त ठिकै छ, नहुने अवस्थामा जुनसुकै कार्य गर्न पनि बाध्य हुन शिवाय केही विकल्प रहँदैन ।

यस्तो अवस्थामा उसले लागुपदार्थको कारोबारीको रुपमा कार्य गर्नु उसका लागि सबैभन्दा सहज विकल्प हुन जान्छ । यद्यपि कानुन उसको लागि बाधक छ भन्ने समेत उसले ख्याल गर्दैन । नेटवर्किङ व्यवसायीले ग्राहक बनाए जस्तै अब उसले आफ्नो सेवनको निरन्तरताका लागि ग्राहक बनाउने कार्य सुरु गर्दछ । यो सबैभन्दा हालसम्मको भयानक क्रियाकलाप हो, जसका कारण सोझासिधा र सामान्य तनावमा रहेका युवायुवतीहरु लागुऔषधको दुव्र्यसनमा सहजै फस्न पुग्दछन् ।

आफ्नो आयले लागुऔषध सेवनको निरन्तरता नहुने भएकाले उसले आय भएका र पैसाको श्रोत भएकाहरुलाई सेवनका लागि फँसाउने उद्देश्य राख्दछ । यसक्रममा विशेषगरी वैदेशिक रोजगारमा गएर फर्केका युवाहरु, सवारीमा कामगर्ने युवाहरु विभिन्न बहानामा सजिलै दुव्र्यसनमा फस्ने जान्छन् । यसका अलावा जो तनावमा छ, त्यस्ता व्यक्तिहरुसमेत प्रयोकर्ताकाले ग्राहक बनाउनका लागि लक्षित वर्गहरु हुन् । त्यसरी फसेका युवायुवतीहरुको समेत कालान्तरमा कारोबार गर्ने र त्यसको मुनाफाबाट आफू पनि सेवन गर्ने भएकाले लागुऔषध प्रयोकर्ताको सङ्ख्या ज्यामितीय शैलीमा बढेको छ ।
खराब पारिवारिक वातावरण, गलत सङ्गत, सामाजिक परिवेश, अभिभावकको हेलचेव्रmयाइँ, अज्ञानतालगायतका अनेकौँ कारणबाट युवायुवतीहरु लागुऔषधको दुव्र्यसनमा फसेको पाइएको छ । लागुऔषध सेवनको कुनै समस्या नहुञ्जेलसम्म कोही पनि उपचारको लागि आउँदैन । जब आर्थिकलगायत सामाजिक समस्याले ग्रस्त हुन्छ, त्यसबेला मात्र आफू नराम्ररी फसेको महसुस गर्दछ । त्यसपछिका उपचारको अवस्था समेत सामान्य मानिस र परिवारका लागि सम्भव हुँदैन । उपचार र पुनस्र्थापनाको खर्च समेत सबैका लागि तिर्नसक्ने खालको हुँदैन । कोही उपचारमा बसे पनि त्यसको दिगोपना कम मात्रै रहेको छ । तसर्थ, आजको आवश्यकता भनेको लागुऔषधको उपचारभन्दा पनि लागुऔषधका कारोबारीमाथि निगरानी राख्ने र बालबालिका र युवायुवतीलाई यसको प्रभावबाट टाढा राख्ने नै हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: