लागुऔषध प्रकरणमा भारती र हर्ष लिंबाचिया १४ दिन थुनामा

  प्रकाशित मिति
७ मंसिर २०७७, आईतवार १८:१८


झापा, ७ मंसिर । लागुऔषध प्रकरणमा प्रकाउ परेकी चर्चित कमेडियन भारती सिंहलाई अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ ।

भारतीसँगै उनका श्रीमान् हर्ष लिंबाचियालाई पनि आगामी डिसेम्बर ४ सम्मका लागि थुनामा पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले शनिबार भारतीको घरमा छापमा मारेको थियो । त्यसक्रममा उनको घरबाट एनसीबीले गाँजासमेत बरामद गरेको थियो ।

सोधपुछपछि भारतीलाई एनसीबीले शनिबार नै पक्राउ गरेको थियो । हर्षलाई भने झण्डै १५ घण्टा लामो सोधपुछ गरेर आइतबार बिहान पक्राउ गरिएको हो ।

एनसीबीले आइतबार नै उनीहरुलाई अदालतमा उपस्थित गराएको थियो । उनीहरु विरुद्ध नार्कोटिक ड्रग्स एण्ड साइकोट्रोपिक सब्स्टेन्सन (एनडीपीएस) कोर्टमा मुद्दा चलाइएको छ ।

अनुसन्धानको क्रममा भारती र हर्ष दुबैले गाँजा सेवन गर्ने गरेको स्वीकार गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: