लागुऔषध सहित २ जना नियन्त्रणमा

  प्रकाशित मिति
४ आश्विन २०७७, आईतवार ११:४८


मेचीनगर, ४ असोज । गौरदह–९ स्थित बैगुनधुराबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन ।

पक्राउ पर्नेमा गौरादह–३ का २२ बर्षीय राजेश महतो र सोही ठाउँका २७ बर्षीय प्रमानन्द राजबंशी छन ।

प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाइकलमा आएका दुबै जनालाई शनिबार राती ११ बजे नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात उनीहरुमाथी चेकजाँच गर्दा १५८ बोतल ईस्कफ लागुऔषध फेला पारी बरामद गरिएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारवाही अघि बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: