लागूऔषधको समाजशास्त्र

  प्रकाशित मिति
१४ असार २०७६, शनिबार १७:३२


गोविन्द न्यौपाने

करिव १ वर्ष पहिला जव म लागू औषध परनिर्भरता नियन्त्रणका लागि मौखक प्रतिस्थापन उपचार पद्धतिका लागि मेची अञ्चल अस्पतालद्धारा सञ्चालित कार्यक्रमको सामाजिक सहयोग इकाइको परियोजना प्रमुखको रुपामा भद्रपुरमा कार्यरत हुँदा एक २२ वर्षे युवती कार्यालयमा प्रवेश गर्दछिन् । शरीर पसिनाले निथ्रुक्क भिजेको छ, आवाज कामेको छ , उनको स्वाभाव नै वेचैन रहेको छ ।
पहिलो नजरमा नै उनी प्रत्याहार लक्षणको शिकार (सिक) भएको ठम्याइ भए पनि त्यो भन्नु हाम्रो पेशागत मर्यादा भन्दा वाहिर जाने भएकाले उनलाई वस्न अनुरोध गरियो । उनी यति धेरै वेचैन देखिन्थिन कि सहजै लागू औषधको दुब्यर्सनको पीडा भोगेका अनुभव लिन कुनै ज्ञान र सीपको आवश्यकता थिएन । यस्तैमा उनलाई के सहायता चाहिएको हो भन्ने प्रश्न गरियो । उनले आफु लागुऔषध (व्राउन सुगर) को सेवन गर्ने गरेको वताइन भने यो पङ्गतिकारले कहिले देखि खान थालेको र कति मात्रामा खाने गरेको वारेमा सोधपुछ गर्ने काम भयो ।

उनको उमेर २२ वर्ष भएको र दिनको १० ग्रामसम्म व्राउन सुगर खाने उनको लतको वारेमा सुन्दा अचम्म हुनु स्वाभाविकै भए पनि, अझ उनले १२ वर्षको उमेरदेखि लागुऔषध सेवन गरको सुन्न पर्दा दुखद् अनुभूति भयो । लागू औषधप्रति परनिर्भरताको यस्तो पीडा भोगेका अनेकन युवाहरु पकंतिकारको जीवनमा भेटिए पनि यी युवती फरक थिइन् । केही गर्न सक्ने मुहार र शरीर देखिए पनि उनी वर्तमानमा शिथिल रहेको अवस्थाले उनका समकालीनहरुको विचमा उनी एक प्रतिनिधि पात्रमात्र हुन् कि भन्ने आशंका गर्न कठिन थिएन ।

यिनले आफनो लागू औषध सेवनको यात्रामा लागूऔषका नकारात्मक परिणामको वारेमा थाहा नपाएको भने थिएन । लागू औषधले मानवको स्नायु प्रणालीमा नै आक्रमण गर्ने कुरा समेत यिनलाई थाहा नभएको होइन । तर पनि उनलाई कसरी यसको दुव्र्यसनमा फसँे भन्ने वारेमा सम्झन मन लाग्दैन । उनी यति अवस्य भन्छिन् कि यस्तो अवस्था आउने थाहा पाएको भए उनी साथी भाइको उक्साहटमा तनावमुक्त हुनका लागि लागुऔषधको सेवन गर्दिन थिइन  । उल्लेख गरिएकी युवती आफ्नो १२ वर्षे कलकलाउदो उमेरमा लागू औषधको चङ्गुलमा फस्न पुगिन  । यो उनको न इच्छा थियो न वाध्यता । साथीभाईको उक्साहट र नयाँ कुराको अनुकरण गर्ने वानीले उनलाई यस्तो भाषमा जाक्यो कि अव उनले लागूऔषधका सवैपरिणाम थाहा पाए पनि यसवाट वाहिर आउनका लागि गर्नुपर्ने संघर्ष कठिन छ ।

नेपाल सरकार गृहमन्त्रालय र केन्द्रीय तथ्याकङ विभाग २०६९ को सभेक्षण भन्छ नेपालमा कडाखालको लागूऔषध प्रयोगकर्ताको कुल संख्या ९१ हजार ५सय ३४ रहेको । यो वि.स. २०६३ मा ४६ हजार ३ सय ९ रहेको थियो । झापा जिल्लामा वि.स. २०६३ सालको तथ्याङ्कमा ३ हजार ५ सय २३ लागूऔषध प्रयोगकर्ता रहेकामा ६ वर्षको अवधिमा झण्डै दोब्बर अर्थात ६ हजार ८ को संख्यामा पुगेको देखिएको थियो भने हाल यही अनुपातमा वढेको मान्ने हो भने १० देखि १२ हजारको हाराहारीमा पुगेको अन्दाज गर्न सकिन्छ ।

विश्वब्यापीकरणका कारण आज हिजो जस्तो सामान्य अवस्था छैन । आज एक रोग अर्को देशमा फैलनका लागि कत्ति पनि समय लाग्दैन । समाज आफनै दौड धुपमा रहेको छ । हरेक अभिभावक महत्वकांक्षाले ग्रस्त छन, धन कमाउनु सवैको इच्छा र वाध्यता रहेको छ, समाजमा देखाउने र सामजिक मर्यादा कायम गर्ने धन मात्र हो भन्ने समाजको वुझाइ वन्दै गएको छ ।

राज्यको पुर्नसंरचना पश्चात स्थानीय निकायहरु अव स्थानीय सरकार वनिसकेका छन् । स्थानीय रुपमा आवश्यक पर्ने कानुन तथा नीति कार्यक्रमहरु वनाउन सक्ने यिनीहरुको अधिकार छ । तर आज स्थानीय तहमा साना मसिना आम मानिसका जीवनमा प्रत्यक्ष प्रभाव पर्ने विषयहरुमा कसैको ध्यान जान सक्दैन । सवैको इच्छा ठूला सहर, सपिङ्ग मलहरु ,औद्योगिक ग्राम स्थापना, पर्यटन प्रवर्धन आदी महत्वकांक्षी योजनामा परेको छ । यस्तो अवस्थामा कुनै वालवालिका कसरी आफ्नो जीवन भोगेको छ, युवाहरु कुन निरासामा वाँचेका छन, युवाहरु किन कुलतमा फस्न पुग्छन । यी यावत कुराहरुमा सोच्ने मनन गर्ने गरेको देखिदैन  । नदेखिने तर मनमा वस्ने, विझ्ने विषयहरु कसैको पनि प्राथमिकतामा परेका छैनन । आज झापाका हरेक जसो स्थानमा लागूऔषधको समस्या भएको सवैले स्विकारे पनि यसका लागि कुनै ठोस कार्यक्रम छैन । खुल्ला सीमानाका कारण लागूऔषधको आपुर्ति नियन्त्रण कठिन पक्कै छ । आपुर्ति नियन्त्रण गर्ने जनशक्ति उनीहरुको निष्ठा आदी विषयहरुमा समेत वेलावेलामा प्रश्न उठने गरेको छ  ।

यस्तो अवस्थामा माग नियन्त्रण गर्ने कार्यक्रमहरु प्रभावकारी हुन सक्छन तर दुभाग्य मेचीनगर जस्तो लागु औषध ओसार पसारको उच्च जोखिम रहेको स्थानमा समेत लागु औषधको प्रकोप न्यूनिकरणका लागि कुनै कार्यक्रम हुँदैन । नीजी क्षेत्रले जे जति गरेका छन त्यो चाहिने जति छैन ।
आज प्रत्येक विद्यालयलाई अनुगमन गर्ने हो भने त्यहाँका वालवालिकाहरु सानै उमेरमा सुर्तिजन्य पदार्थको सेवनमा लागेको थाहा पाउन सकिन्छ । लागूऔषध प्रवेश गर्ने द्वाराको रुपमा उनीहरु सुर्तिजन्य पदार्थको प्रयोग गरिरहेका छन् । अभिभावकहरु समेत आजभोली विवाह पुजा व्रतवन्ध आदि कार्यमा निम्ता गर्दा मधु , निधि जस्ता वस्तु दिइ निम्ता गर्ने गरेका छन् । यस्ता वस्तुहरुको वातावरणीय तथा स्वास्थ्य सम्वन्धी प्रभाव के हुन्छ भन्ने आम मानिसलाई थाहा छैन ।
भोलीको हाम्रो नेतृत्व आजका वालवालिका नै हुन् । वालवालिकालाई लागूपदार्थ र यसको सेवनवाट हुने नकारात्मक परिणामको वारेमा पर्याप्त सूचना र जानकारी दिन कार्यक्रम नगर्नु भनेको भोलीको नेतृत्व निकम्मा वनाउनु नै हो । जीवन ढल्कदै छ हामी आफ्नो कथा र ब्यथामा भुलेका छौ । यो सत्यहो हामीले केही गरेका छौं तर गर्नुपर्ने जति गरेका छैनौं । निरासायुक्त समाजले परिणाम दिन सक्दैन । जीवन त जान्छ नै यो सत्य हो तर जीवन हुदै केही राम्रा कुराहरुको थालनी गरौं । नेतृत्व तपाईहरुको छ । दुब्यर्सनमा परेपछिका उपचार लगायत अन्य, क्रियाकलापहरु समाजले धान्न नसक्ने हुन्छन् । त्यसैले दुब्र्यसनमा जान सक्ने वाटाहरु नियन्त्रण गर्ने र भोलीको पींडीलाई दुब्र्यसन मुक्त जीवन जीउने अवस्था ल्याउनका लागि अव ढिला गर्ने वेला छैन । विज्ञहरुले लागूऔषधको समस्यालाई सामाजिक समस्याको रुपमा लिएका छन्, सामाजिक समस्या समाजले नै हल गर्ने हो । त्यसैले समाजलाई क्रियाशिल गर्ने कार्यमा लाग्न अव ढिला नगरौं । यी अग्ला घर, चौडा वाटो, ठूला सपिङ्गमलहरुलाई विकासको मानक नवनाऊ । मानव पुँजीको निर्माणका लागि अलिकति भए पनि सोचौं नत्र भोली पस्चातापको पीडामा जीवन विताउन वाध्य हुने अवस्था आउदैन भन्न सक्ने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: