लायन्स क्लबद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री

  प्रकाशित मिति
२० असार २०७७, शनिबार २०:३१


भद्रपुर । लायन्स क्लब अफ भद्रपुरले शैक्षिक सहायताका लागि भद्रपुर–२ स्थित सगरमाथा माविका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

क्लबले प्रदेश सभा सदस्य ओमप्रकाश सरावगी मार्फत निर्वाचन क्षेत्र विशेष कार्यक्रमबाट प्राप्त ७५ हजार रकमले बालविकास तथा कक्षा १ देखि ५ सम्मका १०० जना विद्यार्थीलाई स्कुल व्याग, कापी पेन्सिल लगायतका शैक्षिक सामग्री वितरण गरेको हो ।

क्लबका चाटर्ड प्रेसिडेन्ट तथा ब्रान्ड एम्बेस्डर माननीय ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यता तथा भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको विशिष्ट आतिथ्तामा भएको कार्यक्रममा वडाध्यक्ष भीम सुब्बा, भनपा शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख प्रेम भुजेल, उद्योग बाणिज्य संघ झापाका वरिष्ठ उपाध्यक्ष खड्गबहादुर लिम्बू, अग्रज लायनरहरू, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्ष्क अभिभावक संघका पदाधिकारी, स्थानीय समाज सेवीहरू लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

क्लबका अध्यक्ष योगेन्द्र पौडेलको अध्यक्षता तथा धन्यवाद ज्ञापन फस्ट भाइस प्रेसिडेन्ट प्रकाश उप्रेती र कार्यक्रम संचालन सचिव गोपाल खनालले गरेको कार्यक्रममा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फडिन्द्र दाहाल, भद्रपुर २ का वडाध्यक्ष भीम सुब्बा, उद्योग वाणिज्य संघ झापाका बरिष्ठ उपाध्यक्ष खड्गबहादुर लिम्बु लगायतले बोलेका थिए ।

क्लबको नेतृत्व लिएपछि पहिलो पटक पौडेलको नयाँ कार्य समितिले सामुदायिक स्तरमा कार्यक्रम प्रारम्भ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: