लायन्स क्लबद्वारा १००० थान मास्क वितरण

  प्रकाशित मिति
२६ असार २०७७, शुक्रबार १४:५५


मेचीनगर । लायन्स क्लब अफ बिर्तामोड सिटीले शुक्रबार बिर्तामोडमा एक हजार थान सर्जिकल मास्क वितरण गरेको छ ।

बिहान ८ देखि ९ बजेसम्म बिर्तामोडको अदुवा खोला आसपासमा आयोजना गरिएको कार्यक्रममा बिर्तामोड आउजाउ गर्ने मानिसलाई मास्क प्रदान गरिएको हो ।

मनोजकुमार साहको संयोजकत्वमा भएको कार्यक्रममा पैदलयात्री, सवारी चालक तथा सर्वसाधारणलाई मास्क लगाउन आग्रह गरिएको थियो ।

नेपाल सरकारले नागरिकलाई मास्क लगाउन अनिवार्य गरेपछि लायन्सले जनचेतना जगाउन र मास्क प्रयोगका बारे सचेतना कार्यक्रम गरेको अध्यक्ष घनश्याम चौधरीले बताए ।

लायन्सले यसअघि पनि कोरोनाबाट जोगिन विभिन्न सचेतना कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड १ नम्बर वडाका वडाध्यक्ष अग्निप्रसाद पाण्डे, रिजन चियर पर्सन ओमकृष्ण बिमलीले लायन्सले गरेको चेतनामुलक कार्यक्रमको प्रशंसा गरेका थिए ।

कार्यक्रममा वडा सदस्य प्रेमकुमार खरेल, यमुना आचार्य, लायन्सका एरिया कोअर्डिनेटर सत्यनारायण शर्मा, चार्टर प्रेसिडेन्ट निरज ओलीलगायत क्लबका पदाधिकारी तथा सदस्यको उपस्थिति थियो ।

क्लबका अध्यक्ष चौधरीको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण महासचिव उपेन्द्र बानियाँले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: