लिङ्देनको अवस्था बुझ्न अध्यक्ष थापा र लोहनी अस्पताल पुगे

  प्रकाशित मिति
२६ मंसिर २०७७, शुक्रबार १४:१७


झापा, २६ मंसिर । राप्रपाका सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जनाएको छ । लिङ्देन मेडिसिटी अस्पतालमा उपचाररत् छन् । उनलाई कोरोना संक्रमण भएको शंका छ ।

झापा क्षेत्र नम्बर ३ का सांसद लिङ्देनलाई बिहीवार बेलुका हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । उनको दुबै फोक्सोमा निमोनिया संक्रमण छ । अहिले लिङ्देनको स्वास्थ्य सुधारोन्मुख रहेको उनका स्वकीय सचिव छत्र खडायतले बताए ।

‘उहाँको स्वास्थ्य अवस्था हिजोको भन्दा सुधारोन्मुख छ,’ उनले भने, ‘इमरजेन्सीमा उपचार भइरहेको छ, उहाँलाई नियमित अक्सिजन दिनु भने परिरहेको छैन ।’

श्वासप्रश्वासमा समस्या देखिएपछि लिङ्देन बिहीवार झापा बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा भर्ना भएका थिए । उनलाई थप उपचारका लागि बिहीवार बेलुका सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

शुक्रबार लिङ्देनलाई भेट्न राप्रपा अध्यक्ष कमल थापा र डा.प्रकाशचन्द्र लोहनी मेडिसिटी अस्पताल पुगेका थिए । अस्पतालले उनको स्वास्थ्य अवस्थाबारे प्रेस नोट जारी गर्ने तयारी गरिरहेको बुझिएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार सांसद लिङ्देनको स्वास्थ अवस्थामा उल्लेख्य सुधार भएको छ । पुनः कोभिड परिक्षणको निम्ति स्वाब लिइसकिएको छ । अस्पताल स्रोतका अनुसार अहिले अक्सिजन दिन परेको छैन ।

(सेतोपाटी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: