मेचीनगर । लिटल एन्जल्स बोर्डिङ स्कूल चारआलीको रजत महोत्सव सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी घिमिरेको अध्यक्षता तथा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यमा भएको रजत महोत्सव कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल चन्द्रकुमार कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल रुद्रमणि सुवेदीले विद्यालयको इतिहास र भावी योजनाबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा शिक्षकहरु कुमार तामाङ, अर्जुन सुनुवार, पूर्व शिक्षकहरु अरुण पौडेल, मिनिता काफ्ले, जगन्नाथ अधिकारी, कर्मचारी मीना पौडेल, समाजसेवी सुदर्शन बराल, लालबहादुर थेवे, देवीबहादुर खड्का, स्व. रुद्रमणि राई (मरणोपरान्त), विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु पदमप्रसाद न्यौपाने, श्रीराम मरासिनी, सन्तोष नेउपानेलाई सम्मान गरिएको थियो ।
त्यस्तै, विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका पूर्व विद्यार्थीहरु निर्माणराज प्रसाईं, प्रकाश सिग्देल, सविन सिग्देल, साइप्रस श्रेष्ठ, युवराज प्रसाईं, नवराज सुवेदी, स्वस्तिका चौहान, विन्दिया श्रेष्ठ, विक्रम साम्सोहाङ, निश्चल खड्का, शोभा सापकोटा, रुजन खड्का, ममता मेचे, विद्या न्यौपाने, सागर चौहान, स्व. कप्तान रञ्जन लिम्बू (मरणोपरान्त) लाई समेत सम्मान गरिएको थियो ।
त्यसैगरी, एसएलसी परीक्षामा ब्याच प्रथम हुने विद्यार्थीहरु केशव कट्टेल (२०५६), निरोज शर्मा दुलाल (२०५८), शीर्षक निरौला (२०५९), तेजप्रसाद शिवाकोटी (२०६०), सुमन कटुवाल (२०६१), भुवन कार्की (२०६२), मनिष खत्री क्षेत्री (२०६३), क्षितिज कार्की (२०६४), अभिषेक मेचे (२०६५), शिशिर शर्मा फुयाल (२०६६), पवन सिग्देल (२०६७), प्रतिमा घिमिरे (२०६८), रोहिणी नेउपाने (२०६९), प्रज्जवल प्रधान (२०७०), विपना परियार (२०७१), अनुशा पौडेल (२०७२), सन्नी शर्मा (२०७३), पुकार सिग्देल (२०७४), प्रज्जवल बराल (२०७५) लाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक नृत्य, गायन तथा आधुनिक र साँस्कृतिक भेषभूषामा फेसन शो प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न विधामा विजेता विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन विद्यालयका को–अर्डिनेटर भूमिप्रसाद सुवेदी, शिक्षकहरु अर्जुन सुनुवार, आश्मा चापागाईं तथा विद्यार्थीहरुले गरेका थिए ।