लिटल फ्लावर्स आइडल घोषणा

  प्रकाशित मिति
१२ भाद्र २०७३, आईतवार १५:१३


1 (9)बिर्तामोड । झापाको बिर्तामोडस्थित लिटल फ्लावर्स अङ्ग्रेजी स्कूलमा शनिबार बेग्लै माहोल थियो । शनिबार पनि विद्यार्थी स्कूलमा भेला भएका थिए । तर, पढाई, होमवर्क, क्लासवर्क आदिको तनावबाट उनीहरु मुक्त थिए । सङ्गीतमय थियो लिटलको आँगन । अनि सबैका आकर्षण थिए, गायक कुबेर राई ।

त्यसैगरी, लिटल फ्लावर्स सिङ्गिङ एन्ड डान्सिङ आइडल ‘को होला ?’ भन्ने कौतुहलताले विद्यार्थीलाई अझ धेरै उत्साहित बनाएको थियो । र, शनिबारै नृत्य र गायनतर्फ उत्कृष्ट विद्यार्थीको घोषणा गरिएको छ ।

विद्यार्थीमा अन्तरनिहीत क्षमता अभिबृद्धि गर्ने उद्देश्यले आयोजित लिटिल फ्लावर्स सिङ्गिङ एन्ड डान्सिङ आइडलको उपाधि सिम्रन आचार्य, खुशी लिम्बू, शिखा सुवेदी र विवश उप्रेतीले जितेका छन् ।

डान्सिङ जुनियरतर्फ सिम्रन र सिनियरतर्फ खुशीले उपाधि हात पारेका हुन् । त्यसैगरी, सिङ्गिङ जुनियरतर्फको उपाधि शिखा र सिनियर तर्फको उपाधि विवशले जितेका हुन् ।

6 (1)त्यसैगरी, डान्सिङमा फस्र्ट रनरअपमा जुनियरतर्फ युनिषा चुडाल र सिनियरतर्फ सरु थपलिया चयन भएका छिन् । सिङ्गिङमा फस्र्ट रनरअप जुनियरका प्रशान्तसागर बिमली र सिनियरका रोहन मगर भएका छन् ।

डान्सिङतर्फ जुनियरतर्फ क्रिष्टिना गौतम र सिनियरतर्फ आरदेनहाङ् सुब्बाले सेकेन्ड रनरअपको उपाधि सुरक्षित गरेका छन् । र, सिङ्गिङको सेकेन्ड रनरअपमा जुनियरतर्फ दिक्सन राई र सिनियरतर्फ सरस्वती राजवंशीले उपाधि जितेका छन् ।

कार्यक्रममा चर्चित गायक कुबेर राईले ‘मायाले मूलबाटो भुले छ’ गीत प्रस्तुत गर्दा साङ्गीतिक माहोल अझै तातिएको थियो । निर्णायकको जिम्मेवारी पाएका गायक राईले भविश्यमा सफल सङ्गीतकर्मी बन्न सानै उमेरदेखि मेहनत गर्नुपर्ने बताए ।

शिक्षक एलपी शर्माको सञ्चालन रहेको कार्यक्रममा निर्णायक तथा नृत्य निर्देशक राजु बस्नेत, लिटल फ्लावर्सका प्रिन्सिपल देवकुमार दास, लोकतन्त्र पोस्टका प्रधान सम्पादक मोहन काजी, अभिभावक शिवकुमार अग्रवाललगायतले शुभकामना व्यक्त गरेका थिए ।

 

(२०७३ भदौ १२ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

14 7 (2) 8 (2)10 (2)12 (3)5 (4) 2 (4) 3 (7) 4 (1)13

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: