लिपुलेकमा सडक बनाएकोमा नेपालको आपत्ति

  प्रकाशित मिति
२७ बैशाख २०७७, शनिबार १७:२६


झापा । भारतले नेपाली भूभाग लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ ।

परराष्ट्र मन्त्रालयले शनिवार विज्ञप्ति जारी गर्दै सुगौली सन्धिमा महाकाली नदीको पूर्वक्षेत्र नेपालको भएको प्रस्टरुपमा उल्लेख गरिएको पनि स्मरण गराएको छ ।

एकपक्षीय कदम दुई देशका प्रधानमन्त्री बीचमा भएको समझदारीको विरुद्धमा भएको परराष्ट्रको भनाई छ ।

परराष्ट्रले विवादित भूभाग समेत समेटेर भारतले जारी गरेको राजनीतिक नक्साका विषयमा पनि कूटनीतिक नोट पठाएकोबारे पनि विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्तिमा नेपाली भूभागमा कुनै पनि गतिविधि नगर्न भारत सरकारलाई आग्रह गरिएको छ ।

सीमा विवादलाई कूटनीतिक रुपमा ऐतिहासिक सन्धि, दस्तावेज तथा तथ्यका आधारमा समाधान गर्नुपर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा नेपाल र भारत प्रवुद्ध व्यक्ति समूहको प्रतिवेदन कार्यान्वयन नै दुबै देशको हितमा रहेको जनाइएको छ ।

प्रतिवेदन बुझ्न नेपाल तयार रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।

(पहिलोपोष्टबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: