मेचीनगर । मेचीनगर–१० खयरडाँगीस्थित लिभिङ फाउन्डेसन अङ्ग्रेजी एकाडेमीले मङ्गलवार विविध कार्यक्रमविच आफ्नो छैठौँ बार्षिक उत्सव मनाएको छ ।
सो अवसरमा विद्यालयको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्याथीृहरुलाई पुरस्कृत गरिनुका साथै विद्यार्थीहरुले आफ्नो नृत्य, गीत, कविता लगायतको प्रतिभा प्रस्तुत गरेका छन् ।
लोकतन्त्र पोस्ट दैनिकका प्रधान सम्पादक मोहन काजीको प्रमुख आतिथ्यता तथा एकाडेमीका अध्यक्ष वीरध्वज गजमेरको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस मेचीनगरका सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा एमाले क्षेत्रीय कमिटीका सचिवालय सदस्य वीपी भट्टराई, सुरक्षा साइरन समिति खयरडाँगीका अध्यक्ष ललित राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विद्यालयकी प्रिन्सिपल सिन्तीनारो गजमेर, फादर दशरथ खडिया, शिक्षक अभिभावक सङ्घका अध्यक्ष धनबहादुर गजमेर, समाजसेवी कवि चिमरिया, प्रेमकुमार राई लगायतको उपस्थिति रहेको थियो ।