लीलास्मृतिको विमोचन

  प्रकाशित मिति
९ असार २०७५, शनिबार १६:१७


विर्तामोड । आप्mना सन्ततिको इतिहासको सम्वन्ध र साइनो ताजै रहिरहोस् भन्ने उद्देश्यले अभिलेखिकरण गरिएको नेपाल वंसावलीमा आधारित लीलास्मृती पुस्तकको शनिवार विमोचन गरिएको छ ।

झापा शिवसताक्षी नगरपालिका वार्ड नं १० माइधारका लिलाधर नेपालद्वारा ‘आप्mना सन्तान र सन्तति’को सवैको नाम ठेगना उल्लेख भएको १ सय २० पृष्ठ लामो कविता शैलीमा लेखिएको पुस्तकको एक कार्यक्रमका विच विमोचन गरिएको हो ।

लेखक लिलाधर नेपालले आफ्नो जीवनको भोगाइ, सिकाइ र आफ्ना सन्ततिको विषयमा खुलेर चित्रण गरेको लिलास्मृतिको विमोचन विर्तामोड ८ स्थित नेपाल गाउँमा उनकै माइली श्रीमती जसोदा नेपालले गरेकी थिइन् । ३ श्रीमति ६ भाइ छोरा र २ वहिनी छोरीका धनी लिलाधरले धेरैले आफ्नो पिता पूर्खालाई विर्सिदै गइरहेको वेला आफ्नो पुस्तकले सहयोग पर्याउने दबाी गरेका छन् ।

हाल ५ सय प्रति छापिएको उक्त पुस्तक निःशुल्क रुपमा आफन्तजन लाइ वितरण गरिने लेखक नेपालले वताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: