लुकाउने र खोस्ने बीच कुस्ताकुस्ती

  प्रकाशित मिति
२० बैशाख २०७६, शुक्रबार १८:०७


विर्तामोड २० बैशाख । झापाको काँकरभिट्टामा आयोजित प्रेस स्वतन्त्रता र सरकार विषयक अन्तरक्रियाले निर्वाचित सत्ता निरंकुश हुने निष्कर्ष निकालेको छ ।

नारी सञ्चारगृहको आयोजना तथा मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तीनदिने अन्तरक्रिया तथा पत्रकारिता तालिमको अन्तिम दिन विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित अन्तरक्रियाबाट यस्तो निष्कर्ष निकालिएको हो ।

अन्तरक्रियाका प्रमुख अतिथि तथा सहजकर्ता खोज पत्रकारिता केन्द्रका अध्यक्ष शिव गाउँलेले निर्वाचित सत्ता निरंकुश बन्ने क्रम विश्वभरमै देखिएको उल्लेख गर्दै नेपालमा पनि त्यही संकेत देखिएका बताए ।

सरकार सत्ता र पत्रकारको सम्बन्ध लुकाउने र खोस्नेको कुस्ता कुस्ती भएको बताउँदै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका गाउँलेले अदालतको निष्पक्षता ढलपल नभएसम्म प्रेस स्वतन्त्रता संकटमा पर्न नसक्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष गाउँलेले सामाजिक सञ्जालका कारण पत्रकारिता चुनौतिपूर्ण हुँदैै गएको बताउँदै मिडियामा डिजिटल प्रविधिको प्रयोग बढ्दै जाँदा इन्टरनेटको प्लेटफर्मलाई सरकारले हत्याउने र जनचेतनालाई कमजोर बनाउने काम गर्ने गरेको उनको भनाई थियो ।

नारी सञ्चार गृहकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश सदस्य विमल लामिछाने, आदिवासी जनजाति महासंघका प्रदेश इन्चार्ज दिपीन राई, लगायत मन्तव्य गरेका थिए ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा सञ्चालित कार्यक्रममा अग्रज पत्रकारहरु नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष तारामणि सापकोेटा, चिन्तामणि दाहाल, माधव विद्रोही, कृष्ण हुमागाँई, पूर्व केन्द्रीय सदस्यहरु मोहनकाजी न्यौपाने, गणेश पोखरेल, गोपाल गिरीलगायत चार दर्जन बढी सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

आयोजक संस्थाकी उपाध्यक्ष भीमा शिवाकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रेजिना गौतमले गरेकी थिइन् । यसअघि विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा विहान काँकरभिट्टामा प्रभातफेरि निकालिएको थियो । नारी सञ्चार गृह र नेपाल पत्रकार महासंघको संयुक्त आयोजनामा निकालिएको प्रभातफेरिमा नागरिक समाजको समेत सहभागिता रहेको थियो ।

प्रभातफेरिलाई नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले, पूर्व केन्द्रीय महासचिव चन्द्र भण्डारी, मेचीनगर–६ का वडाध्यक्ष ललित तामाङ, नागरिक समाजका तर्फबाट रामचन्द्र उप्रेतीलगायतले स्वतन्त्र प्रेसमाथि कसैले पनि दमन गर्न नहुने बताउँदै मर्यादित पत्रकारिताप्रति पत्रकार पनि जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए ।

तारामणि सापकोटाको अध्यक्षतामा सम्पन्न प्रभातफेरि समापन कार्यक्रमको सञ्चालन सचिव सन्तोष आचार्यले गरेका थिए भने स्वागत आयोजक संस्थाकी अध्यक्ष अम्बिका भण्डारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: