मेचीनगर–४ निवासी पर्शुराम तिम्सिनाको जन्म पाँचथरको सुभाङ–२ मा भयो । तर उहाँको उर्वर उमेर झापामा शिक्षण र साहित्य सिर्जनामै बित्यो । पूर्वाञ्चलभरि आयोजना हुने साहित्यिक कार्यव्रmममा पर्शुराम सरलाई कविता, गजल वा त्यस्तै कुनै न कुनै सिर्जनामा भेट्न पाइन्छ । प्रस्तुत छ उहाँसँगको पुस्तक वार्ता –
कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
झापाली प्रथम मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धरावासीको ‘रेड स्क्वायर’ यात्रा संस्मरण पढ्दैछु ।
कस्ता पुस्तक मन पर्छ ?
विशेषगरी मनोबैज्ञानिक कथा, उपन्यास र यात्रा संस्मरण सम्बन्धी पुस्तक पढ्न मनपर्छ ।
कुन विधाको साहित्य लेखन गर्नुहुन्छ ?
विशेष गरी कथा र कवितामा कलम चलाउँछु । अन्य विधामा पनि फाटफुट लेख्छु ।
मन पर्ने नेपाली लेखक ?
प्रायः म सबै लेखकहरूलाई सम्मान गर्दछु, आदर गर्दछु । तर, मनपर्ने लेखकमा लक्ष्मीप्रसाद देवकोटा र विश्वेश्वरप्रसाद कोइराला हुन् ।
साथीलाई कुन पुस्तक पढ्न सिफारिस गर्नुहुन्छ ?
साहित्यकार तेराखको ‘सर्वजा’ उपन्यास एकपल्ट अवश्यै पढ्नु होला भन्छु ।
पुस्तकसँग जोडिएको अविस्मरणीय घटना ?
झापाको शान्तिनगरस्थित विकास पुस्तकालय मेरो लागि साहित्यमा लाग्ने प्रेरक बन्न गएको छ । २०२०÷०२१ सालतिर म शान्त आदर्श हाइस्कूलमा कक्षा ५ मा अध्ययनरत थिएँ । विद्यालय छुट्टी हुनासाथ खाजा खाएर पुस्तकालय जान्थ्यौँ ।
पुस्तक कसरी जतन गर्नुहुन्छ ?
आफूले लगाउने लुगा भन्दा पनि बढी जतन गर्छु । हिफाजत गर्छु । किताबमा जथाभावी लेख्ने कोर्ने व्यक्ति मन पर्दैन । पुस्तकमा गाता लगाएर सुरक्षित गर्छु ।