लेखनाथ पुस्कालयबाट श्रष्टालाई सम्मान

  प्रकाशित मिति
१५ पुष २०७७, बुधबार ११:५९


भद्रपुर, १५ पुस । नेपाली भाषा र साहित्य क्षेत्रमा योगदान पुर्याउने श्रष्टा तथा संस्थालाई लेखनाथ पुस्तकालयले सम्मान गर्ने भएको छ ।

पुस्कालय समितिको बैठकले श्रीप्रसाद ओली स्मृति साहित्यबाट हास्यव्यङ्ग्य कवितामा योगदान पुर्याएवापत कनकाई नगरपालिकाका कोमलप्रसाद पोखरेललाई रु. ५१ हजार १११ नगदले सम्मान गर्ने निर्णय गरेको छ ।

श्यामकृष्ण कामाक्ष श्रेष्ठ साहित्य समानबाट इलामका सोमप्रसाद निरौला, भक्तिकिरण साहित्य सम्मानबाट दमककी साहित्यकार सुमित्रा वाङ्देल चेली, चुडामणि रेग्मी झर्रो साहित्य पुरस्कारबाट काँकरभिट्टामा रहेको सुसेली साहित्य परिवार र छन्दोवद्ध कवि सम्मानबाट मेचीनगरकी शिशा थारु सम्मानित हुने भएका छन् ।

पुरस्कारको राशि क्रमशः रु. १५ हजार, रु. छ हजार, रु. २५ हजार र रु. एक हजार रहेको पुस्तकालयका अध्यक्ष नवराज घिमिरेले बताए । वि.सं. २०७७ का लागि वितरण गरिने सम्पूर्ण पुरस्कारहरु लेखनाथ जन्मजयन्तीको अवसरमा प्रदान गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: