भद्रपुर, ८ माघ । लेखनाथ पुस्तकालय चन्द्रगढीले नव गठित कार्यसमितिका पदाधिकारीहरुलाई गोपनीयताको सफतसँगै पद हस्तान्तरण गरेको छ ।
शनिबार पुस्तकालयको सभाहल चन्द्रगढीमा आयोजित कार्यक्रमकाबिच निवर्तमान अध्यक्ष नवराज घिमिरेले नवगठित समितिका अध्यक्ष विरही अधिकारीलाई पुस्ताकालयको चावी तथा निर्णय पुस्तिका हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष घिमिरेले पुस्तकालयलाई स्थानीय सरकारले सहयोग नगरेको बताए । नवगठित समितिका अध्यक्ष अधिकारीले सबैको सहयोगमा पुस्तकालयको हितमा कार्य गर्ने बताए ।
कार्यक्रममा बरिष्ठ साहित्यकार चुडामणी रेग्मी, साहित्यकार कृष्ण सुवेदी निराकार, समाजसेवी हिराप्रसाद पोखरेल, गंगाप्रसाद ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
गत मंसिर ३ गते अधिकारीको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको थियो । समितिको कार्यकाल २ बर्षको रहनेछ ।
नवगठित समितिका सचिव हरिकिशोर आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन नव गठित समितिका उपाध्यक्ष हरि न्यौपानेले गरेका थिए ।