झापा। नेपाल लेखापढी कानुन व्यावसायी एशोसियसन झापाको अध्यक्षमा महेश न्यौपाने विजयी भएका छन् ।
आगामी तीन बर्षे कार्यकालका लागि उपाध्यक्षमा निरोज पोखरेल, सचिवमा महेन्द्र खतिवडा, सहसचिवमा नारायण हजाम, र कोषाध्यक्षमा लावण्यकुमार पोखरेललाई सर्वसम्मत निर्वाचित गरिएको छ ।
यसैगरि सदस्यहरुमा प्रकाश निरौला, रमेशकुमार भट्टराई, कृष्णप्रसाद घिमिरे, मुक्तिनाथ निरौला, निर्मल चाम्लीङ, टिकाराम अधिकारी र पुण्यप्रसाद भट्टराई निर्वाचित भएका छन् ।
आज भएको निर्वाचनमा १३ पदका लागि ३२ जनाले उम्मेदवारी दिएको यस एशोसियसनमा २ सय ४० मतदाता रहेका थिए ।