लेडी जेसीजको अध्यक्ष शोभा

  प्रकाशित मिति
९ पुष २०७३, शनिबार २०:१७


sovaधुलावारी । मेचीनगर लेडी जेसीजको वर्ष २०१७ को लागि अध्यक्षमा शोभा श्रेष्ठ सर्वसम्मत चयन भएकी छिन् ।

शनिवार धुलावारीमा सम्पन्न जेसीजको तेस्रोे साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । श्रेष्ठ यस अघि महासचिवमा रहेर कुशल जिम्मेवारी निर्वाह गरेकी अनुभवी व्यक्ति हुन् ।

कार्यकारी उपाध्यक्षमा तुलसा दङ्गाल र मञ्जु खनाल चयन भएका छन् । उपाध्यक्षहरूमा शुष्मा राजवंशी, सविता पोखरेल, रुपाली गुरागाई रगीता ओझा रहेका निर्वाचन अधिकृत टिका सुवेदीले बताइन् । सुवेदीका अनुसार अन्य पदाधिकारी २३ गते हुने जेसीजको पद हस्तान्तरण कार्यव्रmममा चयन गरिने छ । उपाध्यक्ष पदका ागि ८ जना लेडी जेसीजकर्मीले उम्मेदवारी दिए पनि अन्तिम समयमा नामावली फिर्ता लिएपछि सबै पदमा सर्वसम्मवत चयन भएको हो ।

lady-jasisउम्मेदवारहरूलाई जेसीजकी सल्लाहकार लक्ष्मी राईले प्रशिक्षण दिएकी थिइन् ।
सोही अवसरमा सीता गुरुङलाई आजीवन सदस्य घोषण गरिएको छ ।

जेसीजकी वर्ष २०२६ की अध्यक्ष उषा श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यव्रmममा संस्थापक अध्यक्ष कविता शर्माले बोलेकी थिइन् । कार्यव्रmमको सञ्चालन महासचिव शोभा श्रेष्ठले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: