लेडी जेसीजको ‘गाउँ बनाउने’ अभियान

  प्रकाशित मिति
२७ श्रावण २०७४, शुक्रबार १३:३९


20751351_1224164501063524_919542783_n

धुलावारी । मेचीनगरको सुगम क्षेत्र मानिने धुलाबारीमै यस्तो एउटा टोल छ, जहाँ बिजुली नै पुगेको छ नत खानेपानी नै । महानन्द टोलका बासिन्दा यी सुविधाबाट बञ्चित छन् । धुलाबारीको टाउन हल नजिकैको सो टोल बत्तीमुनिको अँध्यारोझैँ भएको छ ।

यही टोलबाट मेचीनगर लेडी जेसीजले गाउँ बनाउने अभियानको सुरुवात गर्ने भएको छ । जेसीजले मेचीनगर–१० धुलाबारीस्थित महानन्द टोलमा विकासका पूर्वाधार पुर्याउने योजना अघि सारेको छ ।

नेपाल जेसीजको जेसीज गाउँ बनाउने अभियान अन्तर्गत धुलावारी लेडी जेसीजले साउन २८ गतेदेखि सप्ताहसहित सो कार्यक्रम गर्न लागेको बिहीवार धुलावारीमा आयोजित पत्रकार भेटघाटमा बताइयो ।

विकासका पूर्वाधार पुग्न नसकेको टोलमा सम्बन्धित निकाय मेचीनगर नगरपालिका, विद्युत प्राधिकरण धुलाबारीसँग समन्वय गरेर विकासका पूर्वाधार पुर्याउन पहल गरिने मेचीनगर लेडी जेसीज अध्यक्ष शोभा श्रेष्ठले बताइन् ।

‘सो टोलका बासिन्दा विकासको पूर्वाधारबाट बञ्चित भएको पाइयो,’ उनले भनिन्–‘त्यही भएर हामीले सो टोललाई रोजेका हौँ ।’ जेसीज गाउँ अभियानमा सो टोलमा खानेपानी, बिजुली नभएको घरमा बिजुली, साँघुरो अप्ठ्यारो हिलो बाटोलाई व्यवस्थित गर्ने योजना रहेको उनको भनाई छ ।

जेसीज सप्ताह सम्पन्न भएको तीन महिनाभित्रमा विकासको सुरुवात गरी सकिने संस्थाका संस्थापक अध्यक्ष कविता शर्माले बताइन् । त्यसपछि सो टोलको नाम जेसीज गाउँ राखिने उनले बताइन् ।

जेसीज सप्ताह अन्तर्गत स्वास्थ्य सम्बन्धी जनचेतनामूलक प्रशिक्षण, स्वास्थ्य शिविर, बालबालिकाहरुका लागि आँखा परीक्षण शिविर, वृक्षारोपण लगायतका कार्यक्रम पनि रहेको कार्यकारिणी उपाध्यक्ष तुलसा दङ्गालले बताइन् ।

त्यसैगरी, लागुऔषध दुव्र्यसनीबाट कसरी बच्ने भन्ने बिषयमा जनचेतनामूलक कार्यक्रम, जेसीज गाउँ बनाउन मेचीनगरका मेयरसहित वडाध्यक्षहरुलाई प्रतिबद्धता गराउने र तीज विशेष कार्यक्रम पनि सप्ताह अन्तर्गत समावेश गरिएका छन् । पत्रकार भेटघाट कार्यव्रmमको सञ्चालन महासचिव सुनिता पनेरुले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: