।। गगन ढकाल ।।
धुलाबारी, २९ पुस । मेचीनगर लेडी जेसिजको आठौँ पद हस्तानान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
धुलाबारीस्थित कृष्ण पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सीता गिरी पुरी, महासचिव पबित्रा बिमली, कोषाध्यक्ष गीता ओझा, कानूनी सल्लाहकार तुलसा दङगाल, उपाध्यक्ष जीना श्रेष्ठ, रश्मी प्रधान र अनु कटवाल र कार्यकारी उपाध्यक्ष रेजिना श्रेष्ठ र बबिता प्रसाईले सपथग्रहण गरेका थिए ।
कार्यक्रममा जेसिजले दुईवटा पुरस्कार पनि वितरण गरेको थियो । धुलाबारी लेडी जेसिजले पर्शुराम सावित्री उत्कृष्ट सदस्य अवार्डद्वारा सन् २०२१ की उपाध्यक्ष बबिता पनेरु प्रसाईंलाई सम्मान गरेको थियो भने जयन्ती बराल स्मृति अवार्डद्वारा सन् २०२१ की तालिम बिभाग प्रमुख पवित्रा बिमली प्रसाईंलाई सम्मान गरेको थियो ।
पद हस्तान्तरण कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष सुशिला खतिवडाले गरेकी थिइन् भने प्रमुख अतिथिमा जेसिज २०२२ का राष्ट्रिय अध्यक्ष सिनेटर लालमणि भण्डारी थिए ।
विशिष्ट अतिथिमा मेचीनगर नगरपालिकाकी उप–प्रमुख मीना उप्रेती थिइन् । अतिथिहरुमा धुलाबारी लेडी जेसिजकी संस्थापक अध्यक्ष कविता शर्मा, नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष राजिव प्रसाईं, राष्ट्रिय निरुपित उपाध्यक्ष कुमारसिंह साँवा, राष्ट्रिय प्रमुख प्रेस सल्लाकार हरिस भट्ट, राष्ट्रिय महासचिव कृष्ण सापकोटा लगायत उपस्थित थिए ।
कार्यक्रममा स्वागत मन्तव्य सन् २०२१ की कार्यकारी उपाध्यक्ष अनिता खनाल गुरागाईले राखेकी थिइन् भने कार्यक्रमको संचालन सीता पुरी र बबिता प्रसाईले गरेका थिए ।