लेडी जेसीजको बैंक खाता अझै संस्थापकै नामबाट सञ्चालित

  प्रकाशित मिति
७ चैत्र २०७४, बुधबार १७:२०


धुलाबारी । सामान्यतया कुनै पनि संस्थाको बैंक खाता कार्यसमितिका अध्यक्ष लगायतका पदाधिकारीहरुबाट नै सञ्चालन हुने गर्दछ ।
कार्यसमिति परिवर्तन हुने बित्तिकै संस्थाको खाताको हस्ताक्षर पनि परिवर्तन गर्नु पर्ने हुन्छ । तर मेचीनगर लेडी जेसीजको पाँच वटा कार्यसमिति परिवर्तन हुँदा समेत पनि बैंक खाताको हस्ताक्षर भने परिवर्तन भएको छैन ।

लेडी जेसीजको नेपाल बैंक लिमिटेड धुलाबारीमा रहेको खातामा अहिले पनि संस्थापक अध्यक्ष कविता शर्मा र संस्थापक कार्यकारीणी उपाध्यक्ष टिका सुवेदी कै नाममा खाता सञ्चालन रहेको लेडी जेसीजकी बर्तमान अध्यक्ष सुनिता पनेरुले बताए ।

सन २०१३ मा मेचीनगर लेडी जेसीज स्थापना भएको बेला अध्यक्ष र कार्यकारीणी उपाध्यक्षको नाममा खाता सञ्चालन गरिएको तर त्यस पछि उक्त खाताबाट रकम निकाल्ने काम नभएकाले हस्ताक्षर परिवर्तन नगरिएको अध्यक्ष पनेरुले बताइन् । अध्यक्ष पनेरुका अनुसार नेपाल बैंकको खातामा केही रकम समेत जम्मा रहेको छ ।

संस्थाको अध्यक्ष, महासचिब वा सचिब र कोषाध्यक्ष मध्ये कुनै दुई जनाको संयुक्त हस्ताक्षरमा बैंक खाता सञ्चालन हुने सामान्यतया संस्थाको बिधानमा नै उल्लेख गरिएको हुन्छ । तर मेचीनगर लेडि जेसीजले भने यी सबै प्रावधान बिपरित कार्यसमिति भन्दा कुनै ब्यक्ति बिषेशको नामबाट संस्थाको खाता सञ्चालन गरिरहेको छ ।

लेडी जेसीजकै नाममा महालक्ष्मी कृषि सहकारी संस्था धुलाबारीमा समेत अर्को खाता सञ्चालनमा रहेको समेत अध्यक्ष पनेरुले बताए । सहकारीको खाता जेसीजको दैनिक कार्य सञ्चालनका लागि प्रयोग हुने भएता पनि उक्त खातामा समेत संस्थापक अध्यक्ष कविता शर्मा, पुर्व अध्यक्ष टिका सुवेदी र बर्तमान अध्यक्ष पनेरु कै हस्ताक्षरमा खाता सञ्चालन हुने गरेको स्रोतले बताएको छ । तर बर्तमान अध्यक्ष पनेरुले भने सहकारीमा रहेको खाता भने कार्यसमितिकै पदाधिकारीको हस्ताक्षरबाट सञ्चालन हुने बताए ।

जेसीज भन्ने बित्तिकै बिधिको शासनको हिमायती संस्थाका रुपमा चिनिने गरिएको छ । एक ब्यक्ति, एक पद, एक कार्यकाल र एक बर्ष भन्ने मुल मर्म बोकेर स्थापित जेसीज अन्तराष्ट्रिय संस्था हो । “शासन ब्यक्तिको होईन बिधिको हुनु पर्छ” भनेर हरेक औपचारिक कार्यक्रम र बैठकहरुमा आस्था पाठ गर्ने नेपाल जेसीजको एउटा शाखा मेचीनगर लेडी जेसीजमा भने शासन बिधिको होइन ब्यक्ति कै चलिरहेको नाम नबताउने शर्तमा एक जना सदस्यले बताए ।

मेचीनगर लेडी जेसीज बर्ष २०१७ को सामुदायिक कार्य तर्फ उत्कृष्ट शाखाको रुपमा नेपाल जेसीजबाट पुरस्कृत शाखा हो । (झापा टाइम्स डटकमबाट)

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: