लेबनानमा भीषण विष्फोट, ७८ जनाको मृत्यु, ४००० घाइते

  प्रकाशित मिति
२१ श्रावण २०७७, बुधबार ०८:३२


झापा । लेबनानको राजधानी बेरुतको तटीय क्षेत्रस्थित बिस्फोटक पदार्थ राखिएको गोदाममा भीषण बिस्फोट हुँदा कम्तिमा पनि ७८ जनाको मृत्यु हुनाको साथै ४ हजारभन्दा बढी घाइते भएका छन्।

बिस्फोटबाट घाइतेहरुले स्थानीय अस्पतालहरु भरिएका छन् भने कैयौं भवनहरु क्षतिग्रस्त भएका छन्।

भिडियोहरुमा आगोको मुस्लो आकाशमा धेरै माथिसम्म गएको देखिएको थियो। बिस्फोट २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको थियो।

बेरुत सरकारले विष्फोट भएको स्थलमा २७५० टन विष्फोटक पदार्थ भण्डारण गरिएको जनाएको छ ।

स्रोत ः एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: