भद्रपुर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान शनिबारबाट सुरु भएको छ ।
महिला तथा बालबालिका कार्यालय झापाले शनिवार चन्द्रगढीमा र्यालीसहितको कोणसभा गरी अभियानको सुरुवात गरेको हो ।
कार्यालयबाट निकालिएको र्याली लेकनाथ चोक हुँदै
ट्रेड यूनियन चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई जिल्ला समन्वय समिति झापाकी उपाध्यक्ष मिना पराजुली, महिला तथा बालबालिका कार्यालयकी अधिकृत इन्दिरा ओझा, परिवर्तन महिला समूहकी अध्यक्ष राधा खनाललगायतले सम्बोधन गरेका थिए ।
‘ लैङ्गिक हिंसा बन्द गरौं, अन्तर्राष्ट्रिय अभियानलाई सफल पारौंलगायतका नारासहित निकालिएको र्यालीमा विभिन्न संघसंस्था, प्रहरीलगायतको उपस्थिति रहेको थियो ।