लैङ्गिक विभेदको प्रतिक

  प्रकाशित मिति
९ भाद्र २०७४, शुक्रबार १२:४१


naresh-khati1-225x300

प्रत्येक वर्षको साउन अन्तिम भदौ नलाग्दै सहर, बजारमा रातो साडी, चुरापोते लगाएर सिँगारिएका महिला÷चेलीहरु नाचगानमा व्यस्त देख्न सकिन्छ । जसै पुरुष दाजुभाई पनि किनारामा बसेर ताली बजाइरहेका पाउन सक्छौँ । विवाहित महिलाले पतिको दिर्घायूको कामना गर्दै र अविवाहित महिलाले शिव जस्तै पति पाउँ भनी व्रत बसी, नाचगान गरेर भव्यताका साथ मनाउने यस पर्वलाई तीज भनिन्छ । तीजको चर्चासँगै विवादित पनि बन्दै आएको छ । तीजको पक्ष र विपक्षमा प्रसस्तै मतमतान्तर हुन थालेको छ ।

नेपाली महिलाहरुले तीजलाई नारी स्वतन्त्रताको रुपमा पनि हेर्ने गरेका छन् र यसका केही विकृत पक्षलाई सुधार गर्दै मनाउनु पर्छ भन्ने मत उनीहरु राख्ने गर्छन् । अर्कोतिर महिलाहरुबाटै तीजलाई ‘यो एउटा महिला विरोधी पर्व हो, यसले महिलामाथि हुने शोषणलाई अनुमोदन गर्न सिकाउँछ ’ भन्ने मत पनि अघि आएको छ । नेपालमा खासगरी हिन्दू महिलाहरुले मनाउने तीजको प्रसङ्गलाई हेर्दा, हिन्दू धर्मशास्त्रलाई नै प्रमुख आधार मान्न सकिन्छ । हिन्दू देवी÷पार्वतीले शिव पति पाउँ भनेर शिवलिङ्ग स्थापना गरी पानी समेत नखाई कठोर ब्रत बसिन्, जसको प्रभावले उनले शिव पति पाइन् भन्ने कथामा वर्णन गरिएको छ । जुन दिन भाद्र शक्ल तृतीयाका दिन थियो भनी हरितालिका ब्रत कथामा भनिएको छ ।

चार दिनसम्म मनाइने यस पर्वमा पहिलो दिन मिठो परिकार खाने, दोस्रो दिन पतिको दिर्घायूको कामना गर्दै पानी समेत नखाई ब्रत बसेर शिव मन्दिर जाने, पर्सिपल्ट धारा÷नदीमा विधिपूर्वक नुहाउने र हरितालिका कथा सुन्ने गरिन्छ । हिन्दू महिलाहरुले मनाउने तीजले नेपाली समाजलाई कता लैजादै छ, र लैङ्गिक विभेदलाई घटाउँदै छ कि बढवा दिँदैछ ? यसको विश्लेषण गरेर हेरौँ ।

ऐनविरोधी ऋषिपञ्चमी
सरकारले साउन २५ गते ‘नयाँ मुलुकी ऐन २०२०’ लाई संशोधन गर्दै, छाउपढी (महिलाहरु रजस्वला हुँदा छाउगोठमा बस्ने र छुवाछूत गरिने) प्रथालाई अपराध मान्दै कारवाहीको दायरामा ल्याएको छ । सरकारले यसअघि नै छाउपढी प्रथालाई कुरीति मानी केही सुधारका कार्यव्रmम ल्याएको थियो । तर, प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन ब्रतालु हिन्दू महिलाहरु नदीमा गई ३६५ पटक दत्तिवनले दाँत माझी शुद्ध भएको अनुभूत गर्छन् ।

रजस्वला भएको समयमा महिलाहरुले जानअन्जानमा पाप गरेकाले महिलाले त्यही पापबाट मुक्ति पाउन सप्तऋषिको पूजा अर्चना गर्नु भनिएको छ । गरुड पुराणको छैटौँ अध्यायमा भनिएको छ कि इन्द्रले ब्राम्ह्णपुत्र वृतासुरलाई मारेको हुनाले ब्रह्महत्याको पापमाचन होस्, पुरुषलाई त्यसको दोष नलागोस् भनी त्यो नारीबाट रजस्वला हुँदै रगतका रुपमा बगेर पखालियोस् भनी देवताले बनाएको रीति हो । हिन्दू महिलाहरु रजस्वाला भएको पहिलो दिन चाण्डाली, दोस्रो दिन ब्रम्हघातीनी र तेस्रो दिन रजकी धोवनीतूल्य रहन्छे ।

विज्ञानले प्रमाणित गरिसकेको छ कि महिलामा हुने रजस्वला एउटा समान्य जैविक प्रव्रिmया हो । अर्को महत्वपूर्ण पक्ष के छ भने रजस्वला हुनु भनेका कुनै पनि महिला सन्तान जन्माउन सक्छिन् भन्ने सङ्केत हो । विना रजस्वला महिलामा गर्भ रहँदैन र सन्तान उत्पादन गर्न सकिदैन । मानव सृष्टिको यो प्रव्रिmया कसरी अपराध हुन सक्छ ? जसको सजाय स्वरुप प्रत्येक वर्ष महिलाले सप्तऋषिको पूजा गर्दै पापमोचन गरिरहनु पर्छ ? अर्को कुरा हिन्दू धर्ममा चण्डाल, धोवी जस्ता जातलाई छुवाछूत गर्ने भएकाले रजस्वला भएकी महिलालाई तिनै जातका मान्छेसँग तुलना गरी जातीय विभेदलाई सही सावित गर्न खोजिएको छ । राज्यले छाउपढीप्रथालाई कारवाहीको दायरामा ल्याउनु र ऋषिपञ्चमीमा महिला बिदा दिनु यो विवादस्पद विषय हो ।

शैक्षिक संस्था र राजनीतिक दल
केही वर्षअघिसम्म सीमित समूहले तीजलाई विषेश महत्व दिएर मनाउने गर्दथे । तर, आजभोलि विषेश गरी संस्थागत विद्यालयहरु र राजनीतिक दलले आयोजना गर्दै तीजलाई भव्यताका साथ मनाउने कार्यको थालनी भएको छ । यसले समाजमा रहेको अन्धविश्वासलाई आधुनिक पाराले संरक्षण गर्न अभ्यास गर्छ ।
संस्थागत विद्यालयमा अभिभावकलाई निमन्त्रणा गरेर दर खुवाउने तीज गीतमा नाचगान गर्ने गरिन्छ । यसको दुईवटा पक्ष छन् । पहिलो बालबालिकाको कलिलो मस्तिष्कमा त्यहाँको रमाइलोसँग समाजमा रहेको अन्धपरम्परालाई ग्रहण गर्न बाध्य पारिन्छ । विद्यालय भनेको विभिन्न जातजातिका, विभिन्न धर्ममा आस्था राख्ने र धर्ममा आस्था नराख्ने परिवारका बालबालिकाको शिक्षा लिने साझा स्थान हो । त्यहाँ आदिवासी जनजाति, मुस्लिम, इसाई र हिन्दू धर्मबाट उत्पीडनमा परेका दलितका बालबालिकालाई शिक्षाका नाममा उनीहरुले आस्था नराख्ने धर्ममा भएको अन्धविश्वास ग्रहण गरान्छ । यो शैक्षिक संस्थाको बेइमानी त होइन ? बालअधिकारको हनन् त होइन ?

दोस्रो पक्ष, गरिबको मारमा परेका अभिभावकाले जोहो गरेर तिरेको पैसाबाट यस्ता विलासी कार्य गरेर ठूलै धनराशीको खर्च हुने गर्छ । राजनीतिक दलहरु देशमा परिवर्तनका एजेण्डा लिएर जनताको घरदैलोमा पुगेका हुन् । राजनीतिक दलले सत्ता प्राप्तिबाट राजनीतिक परिवर्तन गरेर, नियम कानून बनाउन सक्छन् । यो महत्वपूर्ण पक्ष हो भने समाजमा रहेको अन्धविश्वास, कुरीतिलाई आफ्नो सङ्गठनको माध्यमबाट हटाउनु पर्ने हो । तर, यसो गर्नुको सट्टा आफ्ना भातृसङ्ठनहरुलाई यस्ता तीज कार्यव्रmम राख्न लगाएर संरक्षण गरिरहेका छन् । आजभोलि प्रत्येक दिनजसो राजनीतिक दल आमा समूह, सहकारी संस्थाहरुले तीज कार्यव्रmम राखेको, विभिन्न प्रतियोगिता गरेको, पुरस्कृत गरेको सञ्चार माध्यमबाट थाहा पाउन सक्छौँ ।

सुयोग्य बरका निम्ति ब्रत
तीजमा महिलाले ब्रत किन बस्ने ? उत्तर सहज छ, सुयोग्य बर प्राप्तिका निम्ति । हो, सबै महिलाका लागि पति सुयोग्य नै हुनुपर्छ, यसमा विवाद छैन । तर, के पानी नखाई ब्रत बस्दैमा सुयोग्य बर पाइन्छ ? यदि यसो हुने हो भने नेपाली महिलाहरुले यतिका विघ्न पीडा भोग्नु नपर्ने थियो होला । गरुड पुराणमा महिला भएर जन्मनु नै पाप हो भनिएको छ । पूर्वजन्मको दुष्कर्मले नारी शरीर पाएको कुरा स्वयम् स्वीकार गर्न लगाइएको छ । हरितालिका ब्रत कथामा भनिएको छ, जुन नारी भाद्र शुक्ल तृतीयाको दिन ब्रत नगरेर बस्दछे वा मनपरी खान्छे त्यो नारी सात जन्मसम्म सन्तानरहित बाँझी रहनेछ । पानी पिए जुकाको जन्म पाउने, जे पायो त्यही खाए माखाको जन्म पाउने छ । यही धार्मिकका कारण महिलाहरु पानी समेत नखाई ब्रत बसेकाले कयौँ बिरामी पर्ने र ज्यान पनि जाने गर्छ ।

अब के त ?
धेरै महिलाहरुलाई लाग्न सक्छ, महिलाहरुले वर्ष दिनमा यसो दुई चार दिन राम्रो लगाएको, मिठो खाएका, साथीभाईसँग नाचगान गरी रमाइलो गरेको केही महिला र पुरुषलाई पच्नै सकेन । ती चेलीहरुले कटु अलोचना पनि गर्नु होला । उहाँहरुको प्रश्न हुन सक्छ, हामीले तीज पर्व मनाएको महिला विरोधी भयो रे, त्यसो भए भन्न सक्नु पर्यो नि कस्तो हुन्छ महिलालाई सम्मान दिन महिला पर्व ? कुरा सही हो बेठीक भन्नेले ठीक के हो त्यो पनि भन्न सक्नु पर्यो । भनिन्छ मानव पृथ्वीको सर्वश्रेष्ठ प्राणी हो ।

हालसम्मको जे जति सभ्यताको निर्माण भए ती सबै मानवकै देन हुन् । संस्कृतिलाई जन्म दिने काम मानव मात्रैले गर्न सक्छ । आजभन्दा पाँच सयवर्ष अघिको संस्कृति समय सुहाउँदो हुन सक्दैन । कुनै समय सतीप्रथाका कारण मृतक पतिसँगै विधवा महिला जल्नुपर्ने अनिवार्य थियो, तर आज सम्झदा पनि आँङ सिरिङ्ग हुन्छ ।
विश्व परिवेशमा हेर्दा महिलाले गरेका आन्दोलन कयाँै छन् । संयुक्त राष्ट्रसङ्घले ८ मार्चलाई विश्व महिला दिवसको रुपमा मनाउने गर्दछ । महिलामाथि हुने विभेदको अन्त्यका लागि नेपाल सरकारले सन्धि अनुमोदन गरेका दिन छन् । नेपालको परिवेशलाई हेर्ने हो भने अङ्ग्रेजका विरुद्ध भलभद्र कुँवरको नेतृत्वमा महिलाले विरता दिन, महिलालाई जिउँदै जलाउने सतीप्रथा अन्त्य भएको दिन, समाज महिलाको अधिकार र समाज सुधारका लागि योगमायाले गरेको योगदान, उनले जलसमाधि लिएको दिन, जनआन्दोलनबाट महिलाले अधिकार पाएको दिन, राज्यको प्रमुख निकायमा महिला राष्टूपति भएको दिनलगायत पनि महिलाहरुका लगि उत्सव र पर्वका दिन हुनसक्छ । यी दिनहरु दन्त्यकथामा वर्णित पार्वतीले शिव पति पाएको दिनभन्दा कयाँैगुणा महत्वका दिन हुन् । अझ महिलाका लागि महत्वका अवसर खोज्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: