‘लैङ्गिक हिंसाको डटेर सामना गरौँ’

  प्रकाशित मिति
१९ माघ २०७६, आईतवार १६:०९


मेचीनगर । लैङ्गिक हिंसा र सुरक्षित सञ्चार सम्बन्धी एक दिने कार्यक्रम धुलाबारीमा आइतबार सम्पन्न भएको छ ।

नारी सञ्चार गृह झापाको आयोजना र मेचीनगर नगरपालिका कार्यालयको सहयोगमा धुलाबारीस्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा आयोजित लैङ्गिक हिंसा र सुरक्षित सञ्चार सम्बन्धी एक दिवसीय कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि प्रदेश नं. १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

झापाका अग्रज महिलाहरुको बाक्लो उपस्थीति रहेको कार्यक्रमको प्रमुख प्रशिक्षकको रुपमा वरिष्ठ पत्रकार वविता वस्नेत थिइन् ।

प्रमुख अतिथि राज्य मन्त्री गजमेर र प्रशिक्षक वस्नेतले पुरुषप्रदान देशमा महिलाले भोगेका पीडा तथा यथार्थपरक घटनालाई सविस्तार चित्रण गरेका थिए ।

उनीहरुले लैङ्गिक हिंसाको डटेर सामना गर्न महिलाहरुलाई सशक्त भएर लाग्न प्रेरित गरेका थिए ।

कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेती पोखरेल, नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष तारामणि सापकोटा, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्णप्रसाद कोइराला लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा हाल अमेरिका बस्ने बाहुनडाँगी निवासी पहिलो पत्रकार महिला राधा चाँैलागाईले नारी सञ्चार गृहलाई ४० हजार रुपैयाँ सहयोग गरेकी थिइन् ।

नारी सञ्चार गृहकी अध्यक्ष अम्बिका भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष भिमा शिवाकोटी र सञ्चालन सचिव रेजिना गौतमले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: