लैङ्गिक हिंसाविरुद्धको कानुनी शिक्षा सम्बन्धी प्रशिक्षण

  प्रकाशित मिति
२५ मंसिर २०७७, बिहीबार १६:२४


विर्तामोड, २५ मंसिर । नारी सञ्चार गृह झापाको आयोजनामा १६ दिने अभियान अन्तरगत एक दिवसीय ‘लैङ्गिक हिंसाविरुद्धको कानुनी साक्षरता शिक्षा’ सम्बन्धी प्रशिक्षण कार्यक्रम भएको छ ।

विर्तामोड नगरपालिका–५को आर्थिक सहयोगमा विहीबार सम्पन्न कार्यक्रममा नेपाल बार एशोसिएसन झापाकी सदस्य तथा अधिवक्ता देवी निरौलाले प्रशिक्षण दिएकी थिइन् ।
देवी माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सभ्य समाज निर्माणमा हिंसा न्यूनीकरण आवश्यक भएको हुँदा सरोकारवाला निकायहरु चनाखो भएर लाग्नुपर्ने बताए ।

उनले समाजमा हिंसा घट्नुको साटो बढिरहेको बताउँदै यसको न्यूनीकरण गर्न सचेतना अभिवृद्धिका कार्यक्रम, कानुनी शिक्षा, महिलाको आर्थिकस्तर बृद्धिका कार्यक्रमहरु अझै पनि आवश्यक रहेको हुँदा नागरिक समाज, स्थानीय सरकार, प्रहरी प्रशासन र सञ्चारकर्मी एक ढिक्का भएर लाग्नुपर्ने बताए ।

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनको अवसरमा आयोजित कार्यक्रमको औचियमाथि प्रकाश वडा सदस्य डीआर कडरियाले पारेका थिए ।

संस्थाकी अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष रेजिना गौतम र सञ्चालन सचिव भूमिका सुब्बाले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: