लैङ्गिक हिंसा विरुद्ध अभियान सुरु

  प्रकाशित मिति
१० मंसिर २०७३, शुक्रबार १६:०३


aviyan-photoचन्द्रगढी,  १० मंसिर । झापामा शुव्रmवारदेखि लैङ्गिक हिंसा विरुद्ध  १६ दिने अभियान सुरु भएको छ ।

अभियानको सुरुवात सरकारी तथा गैरसरकारी संघसंस्थाका महिलाहरुले र्याली निकालेर गरेका हुन् । उनीहरुले चन्द्रगढीस्थित महिला तथा बालबालिका कार्यालयबाट र्याली निकालेर लेखनाथ चोकमा आएर कोणसभा गरेका थिए ।

र्यालीमा सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, सुरक्षाकर्मी, राजनीतिक दलका नेता, महिला राजनीतिकर्मी, गैरसरकारी र सरकारी संस्थाका प्रतिनिधि प्लेकार्ड र ब्यानरसहित सहभागी भएका थिए ।

“घर शान्ति नै बिश्व शान्तिको आधार र दिगो विकासको लागि लैङ्गिक हिंसा रहित समाज” भन्ने मुल नारा बोकेर सुरु गरिएको अभियान झापामा हिंसा न्यूनीकरण सम्बन्धी अन्तरव्रिmया, गोष्ठी तथा  जनचेतनामूलक कार्यव्रmम गरेर सम्पन्न गरिने महिला तथा बालबालिका कार्यालयकी प्रमुख इन्दिरा ओझाले बताउनुभयो ।

जिल्लामा अभियान सफल पार्ने उद्देश्यले  लैङ्गिक हिंसा न्यूनिकरण संयोजन समिति समेत गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: