लोकतन्त्र पाँचौं वर्षमा

  प्रकाशित मिति
१६ पुष २०७५, सोमबार ०९:२०


लोकतन्त्र पोस्टले आजदेखि पाँचौं वर्षको यात्रा प्रारम्भ गरेको छ । बितेका चार वर्ष पत्रिका आफै र मुलुकका निम्ति अत्यन्त उथलपुथलकारी थिए । समाजलाई अग्रगमन र समृद्धितर्फ डोहोर्याउन यस प्रकाशनले यथाशक्य पुर्याएको योगदानप्रति हामी सन्तुष्ट छौँ । तर, प्रकाशन आफै भने यतिका अवधिसम्ममा आर्थिक र संस्थागत रुपमा सबल बन्न सकेको छैन । बिगतबाट पाठ सिक्दै नयाँ यात्रामा नयाँ शिराबाट अघि बढ्ने अबको लोकतन्त्र पोस्टको मार्गचित्र हुने छ ।

लोकतन्त्र पोस्टले पाठक, विज्ञापनदाता, लेखक एवम् मुलुककै वौद्धिक तप्काबाट मनग्य सद्भाव पाएको छ । प्रेस काउन्सिल नेपालले १ नं. प्रदेशको १ नं. पत्रिकाको रुपमा यसै वर्ष लोकतन्त्र पोस्टलाई ‘क’ श्रेणीमा मूल्याङ्कन गरेको छ । संस्थापकहरु अनन्तप्रकाश वस्ती, सन्तोष आचार्य, श्रीप्रसाद मैनाली, डा. शरदचन्द्र प्रकाश राई, गोपाल तामाङ र मोहन काजीप्रति प्रकाशन सदैव कृतज्ञ छ ।

संस्थापक सहकर्मीहरु पर्वत पोर्तेल, दामोदर ढुङ्गेल, हेमन्त निरौला, लक्ष्मी उप्रेती, राजु पाठक, सन्तोष शर्मा, डिल्लीराम अधिकारी, कुमारसिंह साँवा, प्रेम वाँस्तोला लगायतको योगदान हामी कहिल्यै भुल्ने छैनौं । उहाँहरुबाट आगामी दिनमा समेत सुझाव तथा सद्भाव पाइरहने विश्वास गरेका छौँ ।

लोकतन्त्र पोस्टप्रति जुन अपेक्षा आम पाठकले गरेका छन्, त्यस अनुरुप यसको समाचार सम्प्रेषण तथा वितरण व्यवस्थापन हुन सकेको छैन । आगामी दिनमा यो पक्षमा उल्लेख्य सुधार गर्दै पाठकको मन जित्ने प्रतिज्ञा गर्दछौँ ।

लोकतन्त्र प्रकाशनले सञ्चालन गरेको अनलाइन संस्करण र म्यागेजिनलाई अझ परिष्कृत गर्दै १ नं. प्रदेशको प्रतिनिधि मिडियाको रुपमा स्थापित गर्ने हाम्रो लक्ष्य रहेको छ । अबको पाँचौं वर्षमा प्रकाशनलाई संस्थागत सुदृढीकरण गर्ने, समाचारको गुणस्तर बढाउने र सहकर्मीको पेशागत वृत्ति विकासमा हामी लाग्ने छौं ।

पाँचौ वर्ष प्रवेशको यस सुखद् अवसरमा सम्पूर्ण पाठक, लेखक, विज्ञापनदाता लगायत सहकर्मी तथा शुभेच्छुकहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।

(प्रकाशकीय)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: