लोकसेवाको तयारी गरिरहेकालाई प्रशिक्षण

  प्रकाशित मिति
२६ फाल्गुन २०७६, सोमबार १६:१२


मेचीनगर । लोकसेवा तयारी सम्बन्धी १५ दिने निःशुल्क प्रशिक्षण झापाको दुहागढीमा सोमवार सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाती महासंघ वडा समन्वय परिसदको आयोजना तथा मेचीनगर नगरपालिका वडा नं. १४ को आर्थिक सहयोगमा प्रशिक्षण सम्पन्न भएको हो ।

स्थानिय बाल सुवोधिनी आधारभुत विद्यालयमा सम्पन्न प्रशिक्षणमा लोकसेवा तयारी गरिरहेका २७ जनाको सहभागिता रहेको थियो ।

प्रशिक्षणमा राजकुमार राई, राजन सुवेदीलगायत आधा दर्जन प्रशिक्षकहरुले सहजीकरण गरेका थिए । नेपाल आदिवासी जनजाती महासंघ वडा समन्वय परिसदका अध्यक्ष मुनिलाल राजवंशीको सभापतित्व तथा मेचीनगर १४ का वडा अध्यक्ष शंकर प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न तालिम समापन समारोहमा सहभागीहरुलाई पाठ्य सामाग्री र प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा समाजसेवी जिवन प्रसाईं, महासंघका जिल्ला सचिव विरेन मेचे, बाल सुवोधिनी आधारभुत विद्यालयका प्रधानाध्यापक विश्व थापा, कार्यपालिका सदस्य विन्दा प्रसाईं लयागतले मन्तव्य राखेका थिए ।

आयोजक संस्थाकी कोषाध्यक्ष मनिषा राजवंशीले सञ्चालन गरेको कार्यक्रममा सहभागीलाई स्वागत समितिका सल्लाहकार बाबुलाल सुब्बाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: