झापा, १६ फागुन । लोपोन्मूख रेडपाण्डा (हाब्रे)को छालासहित प्रहरीले दुई जनालाई झापाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथर फलैचा –९ का २० बर्षीय सुकवीर राई र ताप्लेजुङ जिल्लाको सादेवा– ४ घर भई हाल झापा शनि अर्जुन –९ बस्दै आएका ४७ को कमलकुमार माङमु रहेको इलाका प्रहरी कार्यालय अनारमनी झापाले जनाएको छ ।
उनीहरुलाई प्रहरीले विर्तामोडस्थित फेमिली होटलबाट शनिबार पक्राउ गरेको बताएको छ । पक्राउ गरेका राई र माङमुलाई रेडपाण्डाको २ थान छालासहित जिल्ला बन कार्यालय झापामा आइतबार बुझाएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए ।
दुलर्भ बन्य जन्तुको गैरकानूनी ओसारपसार गर्नेलाई राष्ट्रिय निकुञ्ज तथा संरक्षण ऐन २०२९, साइटीस महासन्धी १९७५ बिरुद्धको अपराध भएकाले ५ बर्षदेखि १५ बर्षसम्म कैद र ५० हजारदेखि १ लाख सम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ । उनीहरुलाई पनि सोही बमोजिम कानुनी कारवही गरिने प्रहरी उपरीक्षक लोहनीले बताए ।